back
CTIZAN AD

लामो समयपछिको वर्षाले अलैँची तथा चिया किसान खुसी

वि.सं.२०८० चैत ७ बुधवार

963 

shares

मङ्गलवारे (इलाम) । लामो समयपछि वर्षा भएपछि इलामका किसान खुसी भएका छन् । गए रातिदेखि नियमित पानी परेपछि यहाँ विशेष गरी अलैँची तथा चिया किसान खुसी भएका छन् ।

किसान मात्रिका खतिवडाले पानी परेपछि मर्क छर्नका लागि सहज भएको बताए । “चिया पलाउने समयमा पानी परेकाले राम्रो भएको छ भने अन्य बालीको उब्जनी पनि अब बढ्नेछ”, उनले भने, “लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न समस्या भएको थियो ।”

इलाम सदरमुकामसहित जिल्लाका विभिन्न भागमा रातिदेखि नै पानी परिरहेको उनको भनाइ छ । “पानी नपर्दा अलैँची सुक्न थालेको थियो । मकै छर्न सिँचाइ गर्नुपर्ने अवस्था थियो । तर पानी परेपछि सबै किसानलाई सहज भएको छ”, उनले भने ।

बालीलाई फाइदा : विज्ञ
बालीविद् डा डिल्लीराम शर्माका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आलुखेतीलाई फाइदा पुगेको छ भने पहाडि तथा तराई क्षेत्रमा गहुँ मकै, तोरी तरकारी बालीका लागि राम्रो भएको छ ।

“लामो समयसम्म पानी नपर्दा सुक्खा बढेको थियो । जसले गर्दा आलु, गहुँ, तोरीलगातका बाली उत्पादनमा ह्रास आउनसक्ने खतरा थियो । तर हालको वर्षाले खेतीपातीका लागि राम्रो भएको छ”, उनले भने, “कुनै स्थानमा मकै छरिएको छ त कतै छर्ने तयारी भइरहेकाले पानीले राम्रो गरेको छ ।

आजदेखि परेको पानी उपत्यकामा आजसम्म र कोशी तथा मधेस प्रदेशमा शुक्रबारसम्म पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाको भनाइ छ ।

“नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ”, उनले भने, “हाल देशभर आंशिकदेखि साधारणतया बदली छ भने कोशी, मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा तथा कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।”
रासस /फाइल फोटो

वि.सं.२०८० चैत ७ बुधवार १३:२६ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...