back
CTIZAN AD

अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो

वि.सं.२०८१ वैशाख २४ सोमवार

711 

shares

काबुल । अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजार भन्दा बढी गाईवस्तुको मृत्यु भएको छ ।

टोलो न्युजका अनुसार विगत तीन दिनमा वर्षाका कारण लगभग १४ जना नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बाढीले आवासीय घरहरु पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

यसैबीच, सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हक्कसेनसले अफगानिस्तानका बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्तका केही सडकहरू भूस्खलन र बाढीका कारण अस्थायी रूपमा अवरुद्ध भएको बताएका छन् । ।

“बाढी र भूस्खलनका कारण अस्थायी रूपमा बन्द गरिएका तखर, बदख्सान, घोर र नुरिस्तान प्रान्तका धेरैवटा सडकहरु खुलाउने काम भइरहेको छ,” उहाँले बताउनु भयो ।
निरन्तरको भारी वर्षाको कारण स्थानीयबासीको धेरै नोक्सानी भएको छ ।

बाढीमा परेर बालबालिकाको मृत्यु भएको, जमिन र पुलहरू नष्ट भएको फराह प्रान्तका एक बासिन्दाले जनाए । बाढीबाट भएको जनधनको क्षतिलाई तत्काल सम्बोधन गर्न सरकार समक्ष स्थानीयवासीले आग्रह गरेका छ । (रासस÷एएनआई)

 

वि.सं.२०८१ वैशाख २४ सोमवार १६:४१ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...