back

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था तत्काल सुरु गर्न आग्रह

वि.सं.२०८१ वैशाख २४ सोमवार

297 

shares
RBB AD
NTC AD

काठमाडौँ । जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ ।

आज परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पार्टीका अध्यक्ष डा सीके राउतले ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका हुन् । ।

प्रवासी नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको विषयमा गम्भीर भई अहिलेदेखि नै सोको तयारी गर्न गराउन पार्टीले आग्रह गरेको हो । ज्ञापनपत्रमा बुझाउँदै विभिन्न देशमा रहेका नेपालीहरूले राहदानी नवीकरण गर्न महिनौँसम्म कुर्नुपर्ने बाध्य
ता हटाउन आग्रहसमेत गरिएको छ ।

कर्मचारी थप्ने, राहदानी नवीकरण केन्द्र तथा शिविर तथा अनलाइन सेवा सञ्चालनसहितका उपाय अपनाएर राहदानी नवीकरणलाई छिटोछरितो बनाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

पार्टी सचिव बिपी साहले जनमत पार्टी सम्बद्ध प्रवासी जनमत सङ्घ र गैरआवासीय मधेसी सङ्घलाई पहिचान गर्न मातहतका दूतावास तथा नियोगलाई सर्कुलर जारी गर्न र सर्वपक्षीय बैठकमा सहभागी गराउन आग्रह गरिएको बताए ।

वि.सं.२०८१ वैशाख २४ सोमवार १७:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु, दुईजना घाइते

एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु, दुईजना घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुङ्गे पुल नजिकै...

नवलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा निर्वाचित

नवलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा निर्वाचित

नवलपुर (नवलपरासी) । जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अध्यक्षमा...

आजदेखि पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग बन्द

आजदेखि पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६...

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...