back
CTIZAN AD

लुम्बिनीसहित चार प्रदेशमा मध्यम वर्षाको सम्भावना !

वि.सं.२०८१ वैशाख २५ मंगलवार

795 

shares

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज राती देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही भागमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०७:१२ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...