back
CTIZAN AD

मकवानपुरमा आय विवरण नबुझाउने १७ हजारलाई कारबाही प्रक्रियाअघि बढाइदै

वि.सं.२०८१ वैशाख २६ बुधवार

954 

shares

बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडाले वार्षिक आय विवरण नबुझाउने करिब १७ हजार करदातालाई कारबाही प्रक्रिया अघि बढाएको छ । करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ५० प्रतिशत करदाताले वार्षिक आयविवरण नबुझाएपछि कार्यालयले त्यस्ता करदाताको अभिलेख तयार पारी कारबाही अघि बढाएको हो ।

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरै जसो रु ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन् । “आर्थिक वर्ष २०७९÷८० र सो भन्दा अघिल्लो आर्थिक वर्षको आय विवरण नबुझाउने करिब १७ हजार करदाता छन्”, प्रमुख कर अधिकृत तुलसीप्रसाद भट्टराईले भने, “त्यसैले आयविवरण नबुझाउने करदाताको अभिलेख तयार पारेर कारवाही प्रक्रिया सुरु गरेका छाँै ।” पहिलो चरणमा आय विवरण नबुझाउने करदाताहरुलाई कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरु उपलब्ध नगराईने उनको भनाई छ ।

यसका साथै ती करदाताहरुको नामावलीसहित आय विवरण बुझाउनका लागि पहल गरिदिन मकवानपुर जिल्लाको १० वटै पालिकालाई पत्राचार गरिएको छ । व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपय करदाताको मृत्यु भएको, कतिपय वैदेशिक रोजगारीमा गएको र कतिपयले व्यवसाय बिक्री गरिसकेको कारण आयविवरण नबुझाउनेको सङ्ख्या धेरै देखिएको हुन सक्ने उहाँको अनुमान छ ।

कार्यालयले लामो समयदेखि कर नबुझाउने एक सय जना करदातामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत भट्टराईले बताउनुभयो । कर नबुझाएका करदाताबाट करिब रु ६२ करोड ३९ लाख भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । सबै रोक्का भएपछि केही करदाता कर बुझाउनसमेत आएको उनको भनाइ छ ।

नियमित बजार अनुगमन थालेपछि आर्थिक वर्ष २०७९÷८० मा करदाता बढ्ेका छन् । मकवानपुरमा व्यावसायिक ३३ हजार र व्यक्तिगत ६५ हजार करदाता छन् ।

 

वि.सं.२०८१ वैशाख २६ बुधवार १६:१६ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...