काठमाडौं । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्का बिहीबार बसेको बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
मन्त्री शर्माका अनुसार सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम जेठ १ गते दिउँसो ३ बजे ल्याउने समेत निर्णय गरेको छ ।
वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:५८ मा प्रकाशित






























