back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंकको सिइओ पदका लागि २० जनाको आवेदन (नामावलीसहित)

वि.सं.२०८१ वैशाख २७ बिहीवार

1.2K 

shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख/कार्यकारी अधिकृत (सिइओ) पदका लागि २० जनाको आवेदन परेको छ ।

आवेदन दिने अन्तिम दिन बिहीबारसम्म २० जनाले उक्त पदका लागि आवेदन दिएका हुन् ।

उक्त पदका लागि बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायव प्रमुख कार्यकारी अधिकृत दुर्गा कुमारी कँडेल (छत्कुली), पवन रेग्मी रहेका छन् भने वैंककै पूर्वकर्मचारी नरेश अर्याल र शंकर कुमार रायमाझीले समेत आवेदन दिएका छन् ।

त्यसैगरी अन्यमा अगम मुखिया, विष्णुदेव यादव, विष्णुबाब, मिश्र, प्रकाशचन्द्र अधिकारी, डा. रामराज उपाध्याय, दिर्घ बहादुर अर्याल, झविन्द्र खत्री, गणेश प्रसाद गौतम, कृष्णबहादुर अधिकारी, सुरेश देवकोटा, शंकर केसी, प्रमोदबाबु तिवारी, कृष्णप्रसाद आचार्य र माधव प्रसाद रेग्मीले आवेदन दिएका हुन् ।

सिइओ छनौट तथा सिफारिस समितिले आवेदनकर्ताले पेश गरेको योग्यता, अनुभव र कार्ययोजनाको मूल्यांकनका आधारमा २० मध्ये ५ जना अन्तर्वार्ताका लागि छनौट हुनेछन् । छनौट भएका पाँचमध्ये उच्च अंक प्राप्त गर्ने तीनजना सिइओका लागि सिफारिस गरिने र ती मध्ये १ जना सिइओ बन्नेछन् ।

गत बैशाख ७ गते सूचना जारी गर्दै खुल्ला प्रतिश्प्रर्धात्मक प्रतियोगिताका आधारमा बैंकका प्रमुख कार्यकारी पदपूर्तिका लागि शैक्षिक योग्यता, कार्य अनुभव, हासिल गरेका इच्छुक व्यक्तिले २१ दिनभित्र आवेदन दिन सक्ने भन्दै सूचना जारी गरेको थियो ।

बैंकका तत्कालिन सिइओ किरणकुमार श्रेष्ठको ८ वर्षको २ कार्यकाल सकिएपछि रिक्त रहेको उक्त पदका लागि २० जनाले आवेदन दिएका हुन् ।

 

 

 

 

वि.सं.२०८१ वैशाख २७ बिहीवार २०:३२ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...