back
CTIZAN AD

काभ्रेपलाञ्चोकमा उच्च सुरक्षा सतर्कता

वि.सं.२०७४ वैशाख २८ बिहीवार

1.2K 

shares

२८ वैशाख, बनेपा । स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, म्यादी प्रहरी परिचालन गरेर तीन तहको सुरक्षा घेरा निर्माण भएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिङ्खडाले जानकारी दिनुभयो । उहाँका अनुसार अग्रभागमा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा निर्वाचनस्थलबाट अलि टाढाको दूरीमा नेपाली सेना रहनेछ ।

“सबै क्षेत्र नै संवेदनशील छन्, खासगरी विप्लव समूहको निर्वाचन विरोधी गतिविधिलाई कडा निगरानी गरेका छौँ”, प्रजिअ शिङखडाले भन्नुभयो । उहाँले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आशङ्कामा विप्लव नेतृत्वका पाँचजनालाई पक्राउ गरिएको उल्लेख गर्दै अन्य कार्यकर्तामाथि पनि निगरानी भइरहेको बताउनुभयो ।

जिल्लामा नेपाल प्रहरीको एक हजार १००, सशस्त्र प्रहरीको करिब ५५०, म्यादी प्रहरी करिब एक हजार ७६, नेपाली सेनालगायत सुरक्षा निकायलाई परिचालन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचनमा सहभागी भएका सबै कर्मचारीको सुरक्षाका लागि पनि सोही अनुसारको सुरक्षा व्यवस्था अवलम्बन गरिएको छ । सरकारले पहिलो चरणअन्तर्गत आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्दै छ ।

वि.सं.२०७४ वैशाख २८ बिहीवार ०६:५७ मा प्रकाशित

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष...

पहिलो चरणको कोरियन भाषा परीक्षाको आवेदन खुला

पहिलो चरणको कोरियन भाषा परीक्षाको आवेदन खुला

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान...

ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो

ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो

बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा बिहान १० बजेतिर सडक...

अब बिल लिँदा दैनिक लाखौँ लाख उपहार पाइने

अब बिल लिँदा दैनिक लाखौँ लाख उपहार पाइने

काठमाडौं । अब वस्तु तथा सेवा खरिद गर्दा बिल लिने...

मन्त्रालय घटेपछि कर्मचारी दरबन्दी मिलान अन्तिम चरणमा

मन्त्रालय घटेपछि कर्मचारी दरबन्दी मिलान अन्तिम चरणमा

काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम...

काठमाडाैँमा फेरि एक युवतीले गरिन् आत्मदाहको प्रयास

काठमाडाैँमा फेरि एक युवतीले गरिन् आत्मदाहको प्रयास

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी...