back

काभ्रेपलाञ्चोकमा उच्च सुरक्षा सतर्कता

वि.सं.२०७४ वैशाख २८ बिहीवार

750 

shares
IME Limited
NTC AD

२८ वैशाख, बनेपा । स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, म्यादी प्रहरी परिचालन गरेर तीन तहको सुरक्षा घेरा निर्माण भएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिङ्खडाले जानकारी दिनुभयो । उहाँका अनुसार अग्रभागमा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा निर्वाचनस्थलबाट अलि टाढाको दूरीमा नेपाली सेना रहनेछ ।

“सबै क्षेत्र नै संवेदनशील छन्, खासगरी विप्लव समूहको निर्वाचन विरोधी गतिविधिलाई कडा निगरानी गरेका छौँ”, प्रजिअ शिङखडाले भन्नुभयो । उहाँले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आशङ्कामा विप्लव नेतृत्वका पाँचजनालाई पक्राउ गरिएको उल्लेख गर्दै अन्य कार्यकर्तामाथि पनि निगरानी भइरहेको बताउनुभयो ।

जिल्लामा नेपाल प्रहरीको एक हजार १००, सशस्त्र प्रहरीको करिब ५५०, म्यादी प्रहरी करिब एक हजार ७६, नेपाली सेनालगायत सुरक्षा निकायलाई परिचालन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचनमा सहभागी भएका सबै कर्मचारीको सुरक्षाका लागि पनि सोही अनुसारको सुरक्षा व्यवस्था अवलम्बन गरिएको छ । सरकारले पहिलो चरणअन्तर्गत आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्दै छ ।

वि.सं.२०७४ वैशाख २८ बिहीवार ०६:५७ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

विश्वभर १२ करोड २० लाख मानिस विस्थापित

विश्वभर १२ करोड २० लाख मानिस विस्थापित

जेनेभा । विश्वव्यापी रूपमा आफ्नो घरबाट जबरजस्ती विस्थापित व्यक्तिहरूको सङ्ख्या...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...