back
CTIZAN AD

अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाइएकामा गुनासो

वि.सं.२०७४ वैशाख २८ बिहीवार

876 

shares

२८ वैशाख, काठमाडौँ । दलहरुले स्थानीय तह निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएकामा युवा अपाङ्ग सङ्गठन नेपालले गुनासो व्यक्त गरेको छ ।
नेपाल मै बढी अपाङ्गता भएका व्यक्तिको बसोबास रहेको गोकर्णेश्वर नगरपालिकामा कुनै पनि दलले उम्मेदवार नबनाएको आज आयोजित स्वरोजगारमूलक सामाजिक पुनःस्थापना कार्यक्रममा अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाको जोरपाटीमा नेपाल अपाङ्ग सङ्घ, नेपाल अर्थोपेडिक अस्पताल, अपाङ्गता भएका बालबालिकाका लागि विशेष माध्यमिक विद्यालय रहेका छन् ।
“स्थानीय तहको निर्वाचन समावेशी हुनुपर्छ भनिए पनि समाजको महत्वपूर्ण अङ्ग अपाङ्गता भएका व्यक्तिलाई अपमान गरिएको छ, जोसुकै व्यक्ति अपाङ्ग हुनसक्छ, यसतर्फ सबै दलको ध्यान जानु जरुरी छ”– उहाँले भन्नुभयो ।
सो अवसरमा मोबाइल बनाउने प्राविधिक सीप सिकेका पाँच जना अपाङ्गलाई मोबाइल मर्मत वर्कसप खोल्न आवश्यक सामग्री प्रदान गरियो । राजु धिताल, नरबहादुर मगर, हेमबहादुर भुजेल, निर्मला गौतम र योङ्जेन घलानलाई रु दुई लाख बराबरको मोबाइल सफ्टवेयर, मोबाइल टुल्स एन्ड पार्टस लगायत सामग्री वितरण गरिएको थियो ।
सामग्री वितरण गर्न गोकर्णेश्वर नगरपालिका, गैरआवासीय नेपाली धर्मराज गिरी र चलचित्र निर्देशक अक्कलसिंहले आर्थिक सहयोग गर्नुभएको कार्यक्रममा जानकारी गराइयो ।
यसैगरी दुवै गोडा नचली हिँडडुल गर्न नसक्ने फणीन्द्रबहादुर मगरलाई ह्विलचेयर प्रदान गरिएको थियो । कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख भूपेन्द्र बोहरा, दाताहरु गिरी र सिंहले अपाङ्गता भएका व्यक्तिलाई पनि नीतिनिर्माण तहमा पद आरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७४ वैशाख २८ बिहीवार ०९:५७ मा प्रकाशित

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

शिक्षा र स्वास्थ्यमा बढाइएको ३ प्रतिशत कर फिर्ता

शिक्षा र स्वास्थ्यमा बढाइएको ३ प्रतिशत कर फिर्ता

काठमाडौँ। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको...

गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको जलेर मृत्यु

गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको जलेर मृत्यु

काठमाडौं । राजधानीको कीर्तिपुरमा गुडिरहेको कारमा एक्कासि आगलागी हुँदा चालकको...

जेन्जी अभियन्ता रक्षा बमको सरकारलाई चेतावनी

जेन्जी अभियन्ता रक्षा बमको सरकारलाई चेतावनी

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले सरकारले नागरिकका आधारभूत आवश्यकतामाथि...