back
CTIZAN AD

समाचार प्रभावः सबैको सहयोगले उत्सव बाँचे

वि.सं.२०७४ वैशाख २८ बिहीवार

1.1K 

shares

२८ वैशाख, पथरी (मोरङ) । आर्थिक सहयोग जुटाएपछि मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती टोलका १२ वर्षीय उत्सव धिमाल भारतको टाटा अस्पतालबाट क्यान्सरको सफल उपचारपछि घर फर्किएका छन् ।

टाउकामा ट्युमर भएको भन्दै काठमाडौँको दीर्घायु अस्पतालले त्यसको शल्यक्रिया गरेको थियो । त्यसपछि रोग झन् जटिल भएपछि टाउकाको उपचार गर्न भारतको बुम्बई स्थित टाटा मेमोरियल अस्पताल पुग्दा क्यान्सर भएको अस्पतालले पत्ता लगाएको थियो ।

त्यहाँ लगातारको आठ महिनाको उपचारपछि उत्सव निको भएर बुधबार घर आइपुग्नु भएको छ । विपन्न समुदायका उत्सवको उपचारका लागि सहयोग जुटाउन युवा सहयोगी साजन धिमालको संयोजकत्वमा ‘उत्सव धिमाल बचाउ अभियान समिति’ गठन गरेर आर्थिक सहयोग सङ्कलन अभियान अगाडि बढाइएको थियो ।

सो समाचार राससले गत वर्ष प्रकाशित गरेको थियो । राससमा प्रकाशित समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन, प्रसारण भएपछि आर्थिक सहयोग जुटेको थियो । देश विदेशबाट रु नौ लाख ४८ हजार ७६५ रकम सङ्कलन भएर उपचार गराउन सम्भव भएपछि छोराको ज्यान बाँचेको उत्सवकी आमा उमा धिमालले खुसीका आँसु झार्दै पत्रकारलाई बताउनुभयो । उत्सवकी आमा उमाले भन्नुभयो, “पत्रकारको सहयोग नपाएको भए आज मेरो छोरा सायद जीवित हुन्थेन होला ।”

नेपालमा र भारतमा समेत गरी उत्सवको उपचारमा रु २१ लाख ९० हजार खर्च लागेकोमा सहयोगबाट उठेको रकमबाहेक आफ्नो सम्पूर्ण जायजेथाका रुपमा रहेको घर बन्धकी राखेर उपचार सम्पन्न गरेको परिवारले बताएको छ । सहयोगीकै सहयोगबाट छोराको ज्यान बच्न पुगेको भन्दै उत्सवका बुबा छत्रबहादुरले सहयोगी तथा सञ्चारकर्मीलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

वि.सं.२०७४ वैशाख २८ बिहीवार १०:४१ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...