काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।
असार एक गते नुहाउने क्रममा बेपत्ता भएका भूपेन्द्र केसी र विनोद केसीको शव सशस्त्र प्रहरीले आइतबार निकालेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमान्डमा गएको १० जनाको गोताखोरले आइतबार साढे १२ बजेतिर भूपेन्द्र केसीको र करिब एक बजेतिर विनोद केसीको शव ३० फिट गहिराईबाट निकालेको हो ।
वि.सं.२०८१ असार २ आइतवार १३:५१ मा प्रकाशित






























