काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमरकट्टेल आफ्नै सरकारले ल्याएको बजेटप्रति असन्तुष्ट बनेका छन् । शनिवार बाग्मती प्रदेश सरकारले बजेट सार्वजनिक गरेको थियो ।
प्रदेश मन्त्रिपरिषद्ले पारित गरेर संसद्मा पेस गरेको बजेटमा मुख्यमन्त्री जमरकट्टेले असन्तुष्टि जनाएका हुन् । बागमतीमा मुख्यमन्त्री माओवादी केन्द्रका हुन् भने अर्थमन्त्री एमालेबाट बनेका छन् ।
अर्थमन्त्री जगन्नाथ थपलियाले पारित बजेट सिलिङभन्दा एक अर्ब ६४ करोड रुपैयाँ थपेको तथा कार्यक्रम नै फेरबदल गरेको मुख्यमन्त्री जमरकट्टेलको आरोप छ ।
‘उहाँले पारित बजेटको सिलिङभन्दा माथि बजेट ल्याउनुभएको छ, पारित बजेटका कार्यक्रम नै फेरबदल गर्नुभयो, एमालेका कार्यक्रम थप गर्नुभएको छ,’ मुख्यमन्त्री जमरकट्टेललाई उद्धृत गर्दै एक जनाले भने ।
वि.सं.२०८१ असार २ आइतवार १३:४१ मा प्रकाशित






























