back
CTIZAN AD

करेन्ट लागेर तीन जनाको मृत्यु

वि.सं.२०८१ असार ५ बुधवार

1.2K 

shares

काठमाडौं । विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इलामको फाकफोकथुम गाउँपालिका-६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुल बहादुर विकको करेन्ट लागेर मृत्यु भएको छ ।

घरबाट सोही ठाउँस्थित फुस्रे गाउँतर्फ जाँदै गरेको अवस्थामा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यसैगरी सिराहाको लहान नगरपालिका-२२ बेल्ही बस्ने २५ वर्षीया गीता चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा मोटर जडान गरेको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङको धुनिवेशी नगरपालिका-५ फुरौलेस्थित टिनको छाप्रोमा पनि विद्युत जोड्ने क्रममा करेन्ट लागेर उदयपुर घर भएका ३५ वर्षीय दिलिप राउतको मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएकव छ ।

वि.सं.२०८१ असार ५ बुधवार १२:०१ मा प्रकाशित

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

काठमाडौं । नेकपा एमालेभित्र कोही प्रदेश सरकारको नेतृत्वलाई लिएर नयाँ...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसभित्र संगठन सञ्चालन, क्रियाशील सदस्यता,...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाना पकाउने ग्याँस पाउनु भएन, फोन गर्नुस् यो हटलाइनमा

खाना पकाउने ग्याँस पाउनु भएन, फोन गर्नुस् यो हटलाइनमा

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्याँस सहज रूपमा उपलब्ध...

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,...