back
CTIZAN AD

अमेरिकाका नेपालीले पठाए बुवाआमाविहीन दुई बालबालिकालाई आठ लाख सहयोग

वि.सं.२०८१ असार ५ बुधवार

834 

shares

गलकोट (बागलुङ) । क्यान्सर रोगका कारण आमा गुमाउँदा अभिभावकविहीन भएका दुई बालबालिकालाई रु आठ लाख सहयोग प्राप्त भएको छ ।

आमाको मृत्यु भएको र बाबा सम्पर्कविहीन बनेका बालबालिकालाई बागलुङ घर भई हाल अमेरिका बसोबास गर्दै आएका नेपालीको सक्रियतामा अमेरिकाबाट रु आठ लाख सहयोग प्राप्त भएको हो । बागलुङ नगरपालिका–४ पाखाथरकी मीना आचार्यको क्यान्सर रोगबाट ग्रसित भई उपचारका क्रममा मृत्यु भएको थियो ।

हाल अमेरिका रहेका राजेन्द्र केसी, विपिन श्रेष्ठ र प्रकाश उपाध्यायको सक्रियतामा सङ्कलन भएको रु आठ लाख ८७ हजार छ सय ४२ मीनाका छोरा मनोज आचार्य र छोरी ममता आचार्यलाई हस्तान्तरण गरिएको छ । मीनालाई चार वर्ष अगाडि पाठेघरको क्यान्सर देखिएको थियो । उनको जायजेथासमेत बिक्री गरी दिदी भिनाजु र आफन्तले उपचार गरेका थिए । उनको उपचारमा रु १६ लाखभन्दा बढी खर्च भएको थियो ।

उपचारकै क्रममा थप रकम आवश्यक देखिएपछि हाल अमेरिकामा रहेका मीनाका छिमेकी राजेन्द्र केसी, प्रकाश उपाध्याय, उपल्लाचौरका विपिन श्रेष्ठले साथीहरुको सहयोग लिएर आर्थिक सङ्कलन सुरु गरेका थिए । तर, मीनाको निधन भएपछि उनका छोराछोरीको नाममा उक्त रकम बचत गरिदिने उद्देश्यले हस्तान्तरण गरिएको हो ।

उपचार र काजकिरियामा लागेको खर्च कटाएर सात लाख मनोज र ममताको नाममा नेपाल बैंकमा संयुक्त खाता खोली बचत गरिने दाताहरुले जनाएका छन् । मृतक मीनाका श्रीमान् मनि आचार्य दुई वर्षदेखि बेपत्ता छन् । क्यान्सरको उपचार गराइरहेकी श्रीमतीलाई छोडेर आचार्य बेपत्ता भएपछि परिवारमा थप सङ्कट देखिएको थियो । रासस

 

वि.सं.२०८१ असार ५ बुधवार २०:५४ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...