back
CTIZAN AD

दुबईमा बीस वर्ष बसेर फर्किएका वलीले भैँसी पालनबाट मासिक तीन लाख भन्दा बढी आम्दानी गर्छन्

वि.सं.२०८१ असार ६ बिहीवार

1.5K 

shares

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका –६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा भैँसी पाल्दै आएका छन् । उनले बाबुराम बहुउद्देश्यीय कृषि तथा पशुपक्षी नामको फार्म दर्ता गरेका छन् । दुई दशक दुबईमा बसेर फर्किएका व्यवसायी वलीले श्रीमतीको नाममा व्यवसाय दर्ता गरेका छन् । उनले ३६ भैँसीबाट व्यवसाय सुरु गरेका हुन् । उनले दूध दिँदासम्म भँैसी आफै राख्ने गरेका छन् ।

उनले भने, “बिहान बेलुका गरी दैनिक ९६ लिटर दूध आफैले बजार पु¥याउने गरेको छु २८ लिटर दूध ७५ रुपैयाका दरले तुलसीपुर –१८ दुधरासको डेरीबाट किनेर एक सय रुपैयामा बिक्री गर्ने गरेको छु । ”

महिनाको ३० हजार भँैसीको दानापानी र अन्य खर्च कटाउँदा तीनलाख ४० हजार महिनामा आम्दानी हुने गरेको उनले बताए । आफैले मोटरसाइकलमा क्यान राखेर दैनिक दूध घोराही बजारका ग्राहाकलाई घरघरमा पु¥याउने गरेको उनले बताए । आफ्नो काम गर्न लाज मान्नुहुदैन । पसिनाको कमाइ मिठो हुन्छ ।

उनले सबै भैँसीको बीमा गरेका छन् । भैँसीको दूधका साथै मल पनि बिक्री हुन्छ । एक ट्याक्टर मल रु चार हजार पाँच सयमा बिक्री गर्ने गरेको बताए । अलिकति जाँगर गर्ने हो भने सबै ठाउँमा पैसा छ । भैँसीको दूध, मल र बाख्रा बेच्दा पैसा आउँछ । गतवर्ष दूध बिक्री गरेको पैसाले साढे दुई कठ्ठा जग्गा थपेको उनले बताए ।

रु बीस लाख कठ्ठाका दरले ५० लाखमा किनेको बताए । “भैँसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने गरेको बाहिर किन्नुपर्दैन”उनले भने । गोठको एउटा कोठा भरी बरसिम घाँस र गहुँको भुस र भरिभराउ रहेको छ । चार बिघा खेतबारी आफ्नै छ, त्यतिले नपुगेर साढे एक बिघा खेत वार्षिक २० हजार भाडा दिने सर्तमा लिएर घाँसखेती गरेका छन् । आफ्नै लगानीमा सबै खर्च गरेको उनले बताए ।

कसैले सहयोग लिन आउनुस् भनेका छैनन् मलाई सहयोग चाहियो भन्न गएको छैन उनले भने । कहाँ कसरी सहयोग मिल्छ भनेर सोध्न जाने समय पनि नभएको उनी बताउँछन् । स्थानीय तहले दिने अनुदानका बारेमा अनविज्ञ रहेको उनले बताए ।

व्यवसायी वलीले भैँसीका साथमा बाख्रा पनि पालेका छन् । उनीसँग १७ खसी, बोका र बाख्रा छन् । भैँसीका लागि दानापानी जुटाउन परिहाल्छ त्यसैमा अलिकति दाना थपे बाख्रा पाल्न सकिन्छ भन्ने सोचाइ आएर बाख्रा पनि सुरु गरको उनले बताए ।

 

वि.सं.२०८१ असार ६ बिहीवार १४:५७ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...