जनकपुरधाम । मधेश प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त भएका छन् । बिहीबार मुख्यमन्त्री सतिश सिंहले उनलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् । साहले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।
डा. साह यसअघि जनमत पार्टी सरकारमा रहँदा नीति तथा योजना आयोगको सदस्य भएका थिए । जनमतले माघ ९ गते सरकार छाडेपछि तत्कालीन सरकारले साहलाई बर्खास्त गरेको थियो ।
वि.सं.२०८१ असार ६ बिहीवार १४:५५ मा प्रकाशित






























