back
CTIZAN AD

जनयुद्धमा भन्दा अहिले सक्रिय छु: प्रचण्ड

वि.सं.२०८१ असार ७ शुक्रवार

840 

shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकलामा आफ्नो जीवन सरल रहेको बताएका छन् । उनले जनयुद्धको आफ्नो जीवन सरल भए पनि अहिलेको भन्दा सक्रियता नभएको उल्लेख गरे ।

राष्ट्रिय बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू जीवनको उत्तरार्द्ध लागे पनि रात दिन सक्रिय भएको बताए । ‘जीवनको उत्तरार्द्धमा छु । तपाईँहरूले देख्नु भएको छ म जनयुद्धमा जस्तो खटेकै छैन । अझ बढी खटेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बरु जनयुद्धमा मेरो जीवन सरल थियो ।’

अहिलेका नेताहरू मध्ये पारिवारिक रूपमा सबैभन्दा अप्ठ्यारो परिस्थिति पनि आफूले नै झेलेको भन्दै उनले सक्रियता नछोडेको बताए । उनले बुद्धिजीवीहरूलाई प्रश्न गरे, ‘म आफूलाई अन्तिम समयसम्म सक्रिय राख्ने कोसिसमा छु, तपाईँहरू किन सक्नुहुन्न ?’

जनयुद्ध, जनआन्दोलनका उपलब्धि रक्षा गर्दै देशलाई समाजवादको बाटोमा डोराउन आफू सक्रिय रहेको प्रचण्डले बताए । त्यसका लागि काँग्रेस, एमाले सहितका दललाई मिलाउन संयोजनकारी भूमिका खेलेको उनको भनाइ छ ।

वि.सं.२०८१ असार ७ शुक्रवार १२:२८ मा प्रकाशित

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले...