back
CTIZAN AD

पालिकाद्वारा प्राविधिक शिक्षा निःशुल्क पढाउने

वि.सं.२०८१ असार १३ बिहीवार

981 

shares

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीलाई निःशुल्क रुपमा अध्यापन गराउने भएको छ । इस्मा अन्तर्गत वडा नं ५ मा रहेको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले बेहोर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष भगतसिंह खड्काका अनुसार सबै विद्यार्थीले निःशुल्क रुपमा अब प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएका छन् । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेटेर सोही बमोजिम बजेट व्यवस्थापन गरी जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले तिरिदिने उनले जानकारी दिए ।

शिक्षालयमा तीन वर्षे सर्वेक्षक अध्ययन/अध्यापन हुने तर विद्यार्थीको खर्च बढी हुने हुँदा प्राविधिक शिक्षा पढ्न इच्छा भए पनि कतिपय विद्यार्थी पढ्नबाट वञ्चित हुनुपर्ने बाध्यता छ । उक्त समस्या अन्त्यका लागि आगामी आर्थिक वर्षदेखि निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गरिएको अध्यक्ष खड्काले बताए ।

निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढ्ने र गाउँमै निःशुल्क तथा गुणस्तरीय प्राविधिक शिक्षाको सुनिश्चितता हुने विश्वास गाउँपालिकाले जनाएको छ । “प्राविधिक शिक्षा महँगो भएका कारण गरिबले पढ्न सक्दैनन् भन्ने बुझाइ छ । यस अवस्थामा सबैको समान पहुँच, गाउँमै गुणस्तरीय शिक्षा लिन सकिन्छ भन्ने उद्देश्यले निःशुल्क प्राविधिक शिक्षा दिने नीति लिएका छौँ”, अध्यक्ष खड्काले भने । जीवराज आश्रित बहुप्राविधिक शिक्षालय तीन वर्षअघि स्थापना गरिएको हो ।

वि.सं.२०८१ असार १३ बिहीवार १६:४९ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...