back
CTIZAN AD

रामेछापमा बस दुर्घटना हुँदा चालकसहित आठ जना घाइते, तीनको अवस्था गम्भीर

वि.सं.२०८१ असार १४ शुक्रवार

1.8K 

shares

मन्थली (रामेछाप) । रामेछापको लिखु तामाकोशी गाउँपालिका-६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् ।

सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा५ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए ।

दुर्घटनामा घाइते भएकालाई खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको र गम्भीर भएकालाई काठमाडौँ पठाइएको छ । बसमा २५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
रासस

वि.सं.२०८१ असार १४ शुक्रवार १२:४८ मा प्रकाशित

बब्लु गुप्ताले माफी मागे

बब्लु गुप्ताले माफी मागे

काठमाडौं । पूर्वमन्त्री तथा संघीय संसद्  बब्लु गुप्ताले सामाजिक सञ्जालमा...

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका...

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...