back
CTIZAN AD

टेरामक्स खरिदको अनियमिततामा संलग्न छैन : मोहन बस्नेत

वि.सं.२०८१ असार १४ शुक्रवार

1.1K 

shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले राजस्व चुहावट रोक्न टेरामक्स प्रणाली ल्याएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पूर्वमन्त्री समेत रहेका उनले नेपाल दूरसञ्चार प्राधिकरणबाट विवादास्पद टेरामक्स प्रणाली खरिदमा भएको अनियमिततामा आफू संलग्न नभएको बताए

बस्नेतले दुरसञ्चार क्षेत्रको कम आवागमनमा हुने राजस्व चुहावट रोक्न यो प्रविधि खरिद गरिएको भन्दै त्यसमा आफू संलग्न भएको बताए ।

‘टेरामक्सको कुरालाई लिएर पनि बेला बेलामा तीन जना सांसदहरुको नाम मुछिएको छ । यसका बारेमा मेरो पनि नाम उठने गरेको छ’ सांसद बस्नेतले भने, ‘एकदम कलिला माननीयज्युहरुदेखि दारीजुँगा फुलेका माननीय ज्युहरुसम्मले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु ।’ तर, टेरामक्स प्रणाली खरिद नहुदा मुलुकमा वार्षिक २५ अर्ब बढी राजश्व चुहावट भइरहेको उनको जिकिर थियो ।

‘टेरामक्स एउटा यस्तो विधि हो जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दालाई नियन्त्रण गर्छ । संसारभर यही विधिले नियन्त्रण गरेको छ ।’ बस्नेतले भने, ‘नेपाल मात्रै एउटा त्यस्तो देश हो जहाँ कल बाइपास गरेर अबौं बर्षको २५ अर्ब भन्दा बढी राजस्व घोटाला भएको छ ।’

घोटालामा संलग्नहरुले नै बिभिन्न व्यक्तिमाथि आरोप लगाएर विषयान्तरको प्रयास भइरहेको भनाई थियो ।

 

वि.सं.२०८१ असार १४ शुक्रवार १३:३९ मा प्रकाशित

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...