back
CTIZAN AD

चितवनको बछौलीमा धान दिवस मनाउने सरकारको तयारी

वि.सं.२०८१ असार १४ शुक्रवार

855 

shares

काठमाडौँ । सरकारले पहिलो पटक काठमाडौँ उपत्यका बाहिर धान दिवस मनाउने भएको छ । कृषि मन्त्रालयले राष्ट्रिय धान दिवस काठमाडौँ उपत्यका बाहिर मनाउन लागेको हो । मन्त्रालयले शनिवार चितवनको बछौलीमा डेढ बिगाहामा रोपाइँ गरेर २१औँ धान दिवस मनाउन लागेको छ ।

२०६० सालदेखि नेपालमा बर्सेनि असार १५ गते धान दिवस मनाइँदै आइएको छ । मन्त्रालयले धान दिवस मनाउँदै आए पनि काठमाडौँमा सीमित थियो ।

मन्त्रालयले चितवनबाट औपचारिक रूपमा सुरु गर्न लागेको २१औँ धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीसहित कृषि मन्त्री ज्वाला साह, स्थानीय जनप्रतिनिधिहरू र किसानहरू सहभागी हुनेछन् ।

‘बछौलीमा करिब ढेड बिगाहा जग्गामा धान रोपाइँ गरिनेछ’, मन्त्री साहले कार्यक्रमबारे भनिन्, ‘वास्तविक किसानसँग नै धान दिवस मनाउँछौं ।’

 

वि.सं.२०८१ असार १४ शुक्रवार १४:१४ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...