काठमाडौँ । नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
शुक्रवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले विद्यालयहरूमा गणित र विज्ञान शिक्षक पाउन छोडिसकेको बताए ।
उनले एसइईको नतिजामा पनि सबैभन्दा बढी गणित विषयमा विद्यार्थी अनुत्तीर्ण भएको भन्दै गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको विशेष रूपले व्यवस्था गर्नुपर्ने बताए ।
उनले कक्षा १ मा भर्ना भएका विद्यार्थीहरू कक्षा १० सम्म आइपुग्दा सङ्ख्या घटेको पनि बताए । उनले प्राकृतिक विपत्तिबाट धेरै जनधनको क्षति हुन थालिसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
वि.सं.२०८१ असार १४ शुक्रवार १५:२४ मा प्रकाशित






























