back
CTIZAN AD

एकीकृत समाजवादीको जारी महाधिवेशनको बन्दसत्र सुरु

वि.सं.२०८१ असार १७ सोमवार

783 

shares

काडमाडौँ । नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत् बन्दसत्र सुरू भएको छ । कमलादीस्थिति प्रज्ञा भवनमा आइतबारदेखि जारी महाधिवेशनमा बन्द सत्र सुरू भएको हो ।

बन्दसत्रलगत्तै अध्यक्ष मण्डल गठन हुने एकीकृत समाजवादीले जानकारी दिएको छ । बन्दसत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ । ती प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरू हुने एकीकृत समाजवादीले जनाएको छ ।

महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् । पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्ने छ ।

यसअघि नै सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको थियो । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन हलबाट अनुमोदन हुने गरी केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय भएको छ । साथै पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको उनले बताए ।

यस्तै, पार्टीमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिनेछ । आगामी महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा महिला सिट सुरक्षित रहने व्यवस्था गरिएको उनले बताए । महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था रहे पनि त्यो मनोनीत नगर्ने सहमति भएको उनको भनाइ छ ।

खतिवडाका अनुसार सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ । यदि प्रतिस्पर्धा भयो भने त्यसलाई स्वीकार गरेर गइने एकीकृत समाजवादीले जनाएको छन् । तर, अधिकांश महाधिवेशन प्रतिनिधिको धारणा सहमतिबाटै नेतृत्व चयनको रहेको खचिवडाले बताए ।

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भूसाल उठ्ने चर्चा भइरहेको छ । अध्यक्ष नेपालले आफूलाई एक कार्यकाल सहयोग गर्न नेताहरूलाई भनेका छन् भने खनालले आफू प्रतिस्पर्धा नगरेको खण्डमा भूसाललाई समर्थन गर्न संकेत गरेका छन् । प्रवक्ता खतिवडाले सर्वसम्मत तरिकाबाट नेतृत्व चयन गर्न पहल भइरहेको बताएका छन् । एकीकृत समाजवादीको दसौं महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।

वि.सं.२०८१ असार १७ सोमवार ११:०१ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...