back
CTIZAN AD

शिक्षकबाट बलत्कृत छात्राको पेटमा पाँच महिनाको गर्भ

वि.सं.२०८१ असार १७ सोमवार

1.1K 

shares

खोटाङ । बालिका बलत्कारको आरोपमा पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका–११ का ५८ वर्षीय शिक्षक शम्भुप्रसाद घिमिरेविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङले जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ । उनलाई १३ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरी गर्भवती बनाएको अभियोग छ ।

बालिका गर्भवती भएको थाहा पाएपछि आफन्तले आइतवार दिएको उजुरीका आधारमा पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

‘आफ्नै शिक्षकले बलात्कारबाट बालिकाको गर्भमा बच्चा हुर्कँदै गएपछि आफन्तले सोधिखोजी गर्दा आफ्नै विद्यालयमा कार्यरत शिक्षकले पटकपटक बलात्कार गरेको बताएकी रहिछन्,’ उनले भने, ‘अनुसन्धानका लागि पक्राउ गरिएका शिक्षकविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता गरिएको छ ।’

मुद्दा दर्ता गरेलगत्तै आइतबार जिल्ला अदालत खोटाङमा हाजिर गराएर पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

बालिकालाई गत पुसदेखि लगातार बलात्कार गरेर पाँच महिनाको गर्भवती बनाएको आरोपसहित प्रहरीमा जाहेरी परेपछि प्रहरीले शिक्षक घिमिरेलाई शनिबार नै पक्राउ गरेको थियो ।

वि.सं.२०८१ असार १७ सोमवार १३:५० मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...