back
CTIZAN AD

आईपीओ निष्कास गर्दै रिलायन्स स्पिनिङ मिल्स

वि.सं.२०८१ असार १९ बुधवार

1K 

shares

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कास गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आगामी असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्कासन गरेको हो । कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओको निष्कासन बन्द आगामी साउन १० गते बैंकिङ समयपछि हुनेछ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिका शाखा कार्यालयहरु र मेरो शेयरएप मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत असार १२ गते बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाउने रिलायन्स स्पिनिङ्ग मिल्स दोस्रो कम्पनी हो ।

योग्य संस्थागत लगानीकर्तालाई बुक विल्डिङ विधिबाट आईपीओ बिक्री गरिसकेको कम्पनीले गत माघ २३ गते धितोपत्र बोर्डमा निवेदन दिँदै सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो । यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो ।

संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रको आधारमा कम्पनीको कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ तोकिएको थियो । कटअफ मूल्यमा अब १० प्रतिशत घटाएर ८२०.८० रुपैयाँ प्रतिकित्ताका दरले आवेदन दिनुपर्नेछ ।

वि.सं.२०८१ असार १९ बुधवार १४:१७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...