back
CTIZAN AD

इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि शुक्रबार बिहानैदेखि मतदान सुरु

वि.सं.२०८१ असार २१ शुक्रवार

888 

shares

तेहरान । इरानमा गत मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इब्राहिम रायसीको उत्तराधिकारीका लागि सुधारवादी उम्मेदवार मसूद पेजेस्कियान र संस्थापन पक्षधर सइद जलिलीबीचको प्रतिस्पर्धाका लागि शुक्रबार मतदान सुरू भएको इरानको गृह मन्त्रालयले जनाएको छ ।

इस्लामिक गणतन्त्रका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले स्थानीय समयअनुसार बिहान ८ बजे मतदान सुरु हुँदा मतदान गरेको सरकारी टेलिभिजनले जनाएको छ ।

गृहमन्त्री अहमद वाहिदीले सरकारी टिभीलाई भने, “हामी १४ औं राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतदान शुक्रबार बिहानैदेखि सुरु भएको छ । निर्बाचनले देशका ५८ हजार ६३८ मतदान केन्द्र र विदेशका सबै मतदान केन्द्रमा दुई उम्मेदवारमध्येबाट भावी राष्ट्रपति चयन गर्नेछ ।”

गाजामा जारी युद्धलाई लिएर क्षेत्रीय तनाव बढेको, इरानको आणविक कार्यक्रमलाई लिएर इरानको पश्चिमा मुलुकसँगको विवाद र प्रतिबन्धग्रस्त अर्थतन्त्रको अवस्थाप्रति जनताको असन्तोषको पृष्ठभूमिमा मतदान हुन लागेको हो ।

इरानको निर्वाचन आयोगका अनुसार गत हप्ताको पहिलो चरणको निर्वाचनमा एक मात्र सुधारवादी उम्मेदवार पेजेस्कियानले सबैभन्दा बढी अर्थात् ४२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । पूर्व आणविक वार्ताकार जलिलीले करिब ३९ प्रतिशत मतका साथ दोस्रो स्थानमा आएका थिए । इरानको संविधानले व्यवस्था गरे अनुसार कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नपुगेको अवस्थामा दुई प्रमुख प्रतिस्पर्धीबीच निर्बाचन गनै व्यवस्था छ ।

गत निर्वाचनमा छ करोड १० लाख इरानी मतदातामध्ये ४० प्रतिशतले मात्र मतदान गरेका थिए । यो सन् १९७९ को इस्लामिक क्रान्तिपछि कुनै पनि राष्ट्रपतीय चुनावमा भएको सबैभन्दा कम मतदान हो ।

इरानका सर्वोच्च नेता खामेनीले पहिलो चरणमा सहभागिता ‘अपेक्षित रूपमा नभएको’ तर यो ‘प्रणालीविरुद्धको कार्य’ नभएको बताएका छन् ।

गत साता भएको मतदानमा कन्जरभेटिभ संसदका सभामुख मोहम्मद बघेर गालिबाफ १३.८ प्रतिशत मतका साथ तेस्रो स्थान प्राप्त गरेका थिए भने मौलवी मुस्तफा पोरमोहम्मदीले एक प्रतिशतभन्दा कम मत प्राप्त गरेका थिए ।

इरानमा सन् २०२५ मा राष्ट्रपति को चुनाव हुने तय भएको थियो तर मे महिनामा हेलिकप्टर दुर्घटनामा अतिरूढिवादी राष्ट्रपति रायसीको निधन भएपछि यो निर्वाचन अघि सारिएको थियो ।

इरानको आर्थिक समस्या, अन्तर्राष्ट्रिय सम्बन्ध, न्यून मतदान र इन्टरनेट प्रतिबन्धका बारेमा दुई पटक बहस भएको थियो ।

सन् २००८ देखि उत्तरपश्चिमी शहर ताब्रिजको प्रतिनिधित्व गर्दै आएका ६९ वर्षीय मुटु रोग विशेषज्ञ पेजेस्कियानले सन् २००८ देखि संसद्मा प्रतिनिधित्व गर्दै आएका छन् ।

उनले इरानको मुख्य सुधारवादी गठबन्धनको समर्थन प्राप्त गरेका छन् । पूर्व सुधारवादी राष्ट्रपतिहरू मोहम्मद खतामी र हसन रौहानीले उनको अभियानलाई समर्थन गरेका छन् ।

अर्का उम्मेदवार ५८ वर्षीया जलिलीले कट्टरपन्थी समर्थकहरूको ठूलो आधार जुटाएको छ उनलाई गालिबाफ र अन्य दुई अतिरूढिवादी उम्मेदवारहरूको समर्थन रहेको छ । उनीहरू पहिलो चरणको प्रतिस्पर्धामा नै सहभागिताबाट बाहिरिएको थियो ।
एएफपी

वि.सं.२०८१ असार २१ शुक्रवार १२:२० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...