back
CTIZAN AD

बढ्दो जनसंख्या कस्तो ?

वि.सं.२०८१ असार २७ बिहीवार

1.8K 

shares

काठमाडाैं । आज जुलाई महिनाको ११ तारिक विश्व जनसंख्या दिवस ! नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ । केन्द्रीय तत्थ्यांक विभाग (हाल राष्ट्रिय तथ्याङ्क कार्यालय)का अनुसार हाल नेपालको जनसंख्या संगठित रुपले आवद्ध जनसमूह नै जनसंख्या हो । नेपालको राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार देशको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । तथ्याङ्क कार्यालयले जनाएनुसार प्रारम्भिक नतिजामा देशभरि महिलाको संख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको छ भने पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । यसरी हेर्दा नेपालको जनसंख्यामा पुरुषभन्दा महिलाको संख्या छ लाख ९,८५८ जनाले बढी हो ।

त्रिभुवन विश्वविद्यालका जनसंख्या विभागका प्रा.डा.योगेन्द्र बहादुर गुरुङका अनुसार निश्चित स्थान र समयमा स्थायी रुपले बसोबास गर्ने सम्पूर्ण मानिसहरुको संख्या नै जनसंख्या हो ।

युवाहरुको बाहुल्यता, उच्च प्रजनन दर तथा घट्दो तर उच्च मातृ तथा शिशु मृत्युदर, तुलनात्मक रुपमा कम औसत आयु, बढ्दो प्रौड संख्या, लैंगिक असमानता, अव्यवस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बसाइँसराइद्धारा हुने संगठीत रुपमा आवद्ध जनसमूह नै जनसंख्या रहेको प्रा.डा.गुरुङको भनाइ छ । नेपाल राज्यभरि स्थायी रुपले बसोबास गर्ने सम्पूर्ण मानिसहरुको संख्या नै नेपालको जनसंख्या हो ।

सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारीखका दिन मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा भएको ‘पपुलेशन समिट’ले यो दिवस मनाउने घोषणा गरेको थियो ।

विश्व जनसख्या दिवसको अवसरमा प्रकाशित संयुक्त राष्ट्रसङ्घीय जनसंख्या प्रतिवेदन अनुसार पृथ्वीमा मानव–प्रजाति सृष्टि भएयता जनसंख्या एक अर्ब पुग्न करिब तीन लाख वर्ष लागेको छ । यससँगै संसारको जनसख्या आठ अर्ब पुगेको पनि भर्खरै घोषणा गरिएको थियो ।

सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारीखका दिन मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा भएको ‘पपुलेशन समिट’ले यो दिवस मनाउने घोषणा गरेको थियो ।

जनसँख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा विवाद सुरु हुन थालेको छ । बि.सं.२०५६ सालमा तत्कालीन श्री ५ को सरकारले विद्यालयमा ल्याएको नयाँ पाठ्यक्रम अनुसार जनसंख्या वृद्धि नराम्रो र यसलाई नियन्त्रण गर्नुपर्ने भनेर हामीमध्ये धेरैलाई पढाइएको पनि छ ।

तर त्रि.वि.वि. जनसंख्या विभागका प्रा. गुरुङ भन्छन्,“ जनसंख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयुक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाउँमा छ तथापि विकास अनि समृद्धिका लागि चाहिने जनशक्तिको पूर्णता पनि जनसंख्याले नै गर्ने त हो । एउटा सन्तुलित जनसंख्या वेगर कुनै पनि देशको सुरक्षा, विकास दिगो भविष्यको कल्पना पनि गर्न सकिन्न ।”

वास्तवमा भन्ने हो भने, सधैँ जनसंख्या वृद्धि नकारात्मक पनि हुँदैन, अहिले विश्वका विकसित भन्दा विकसित मुलुकहरूमा आफ्नो खस्कँदो जनसंख्याका कारण देशको भविष्य नकारात्मक विन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सृजना गरेको छ । मान्छेहरू बच्चा जन्माउनभन्दा पनि काम, विकास र नवप्रवर्तनमा लागेकाले जनसंख्यामा विवादसमेत देखिएको छ ।

विश्वको शक्तिकेन्द्र तथा विश्वको जनसङ्ख्यामा आफ्नो अधिकतम स्थान राख्ने विभिन्न देशहरुले बढ्दो जनसंख्याको भयलाई बुझेर एक सन्तान प्रणाली लागू गरेकोमा लिंगको समस्या पनि देखापर्न थालेको छ । सन्तानमा छोरीभन्दा छोरा जन्माउन मानव जाति लागेकाले पछिल्लो समय जनसंख्यामा बहससमेत भएको देखिन्छ ।

वि.सं.२०८१ असार २७ बिहीवार १२:२२ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...