back
CTIZAN AD

कविता : भानुको बन्दना

वि.सं.२०८१ असार २९ शनिवार

990 

shares

शम्भु गजुरेल, नुवाकोट

धर्ती पावन व्यासको चरणको माटो झरेको स्थल
कैलासेश्वरले छरी पियुषले पार्छन् धरा निर्मल ।
मर्स्याङ्दी नदीले सुशोभित सदा रम्घा चुँदी गाउँमा
छोरा पण्डितका पदार्पण भए श्री भानुको नाउँमा ।।१

पढ्दै संस्कृतका ऋचा बिदुर झैँ प्रकाण्ड ज्ञानी बने
घाँसीले श्रमले कुवा खनिदिँदा संकल्प गर्दा भए ।
आँसीको भरमा अनन्त जिउँने सोच्दैछ घाँसी भने
मैले गर्नु छ काम उज्ज्वल सधैं आकाशमा चम्किँने ।।२

यस्तै तर्क वितर्कका भुमरीमा गोता लगाए जब
लेखे पुण्य र ओजिलो रघुकथा नेपालको गौरव ।
गीता ज्ञान सँगै पुराण महिमा माहात्म्य पारायण
घन्क्यो मन्दिरमा सगर्व सुरिलो उत्कृष्ट रामायण ।।३

हुन् प्रश्नोत्तरका पिता अमर छन् हुन् भक्तमाला पिता
भाषा रत्न महान आदिकवि हुन् साहित्यका संहिता ।
झर्रा पद्य बिधा गुथेर लयमा रच्ने उनै भानु हुन्
बाँझो छन्द सुकाव्यमा सघनता थप्ने उनै भानु हुन्।। ४

त्यो वाल्मीकि कथा मथेर घिउ झैँ स्वादिष्ट पार्ने कवि
नेपाली पनको अपुर्ब रचना रच्ने उनै हुन् कवि ।
छोड्या छन् उपहारमा अमृत झैँ गाथा उनै रामका
भाषाका रवि भानुका चरणमा लाखौं छ है बन्दना।। ५

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत :SSS  llS  lSl  llS  SSl  SSl  S

 

वि.सं.२०८१ असार २९ शनिवार ०८:३३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...