back
CTIZAN AD

कविता : दुर्जन बाँदर

वि.सं.२०८१ असार २९ शनिवार

1.3K 

shares

भूपाल अधिकारी, बिराटनगर

मूर्ख छ स्वाँठ छ बन्दछ भेडो
गर्दछ बिल्कुल खेल अनौठो ।
कोमल फूल र तोड्छ बगान
दुर्जन बाँदर एक समान ।। १

चल्दछ यावत काम बिगारी
सुन्दर जीवन मार्ग उजाडी ।
भूत पिशाच र स्वेत मसान
दुर्जन बाँदर एक समान ।। २

बन्दछ वैद्य र बन्दछ धामी
दुच्छर बोल्दछ थर्रर कामी ।
गन्थन मन्थन गर्छ रटान
दुर्जन बाँदर एक समान ।। ३

मानव तस्कर जाल फिँजाई
चल्दछ दानव झुन्ड बनाई ।
पुग्न कहाँ तक गर्छ उडान
दुर्जन बाँदर एक समान ।। ४

मन्दिर मस्जिद मण्डप तोड्ने
आखिर नाक र खप्पर फोड्ने ।
इज्जत बर्कत बेच्छ इमान
दुर्जन बाँदर एक समान ।। ५

छन्द : दोधक
गण : भ भ भ गु गु
सङ्केत : Sll  Sll  Sll  S  S
अभ्यास : परिश्रमी पाठशाला

 

 

वि.सं.२०८१ असार २९ शनिवार ०८:३४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...