back
CTIZAN AD

कविता : सान्त्वना

वि.सं.२०८१ असार २९ शनिवार

1.3K 

shares

स्वर्ण शिखा, दाङ

नरोऊ तिमी अश्रु–गङ्गा बगाई
गरी याद भक्कानिँदै पितृलाई ।
भए दाह संस्कारका पूर्ण काम
जल्यो देह बाँकी रह्यो पुण्य नाम ।।१

भयो पूर्ण यौटा कथा जिन्दगीको
जलेको दियो निभ्छ साँचो यही हो ।
निभेको छ बत्ती बगेको छ सोला
गरी शोक रोएर फर्किन्न चोला ।।२

तिमी बाँच्नलाई छ सिङ्गो समाज
अझै छन् बचेका निकै कामकाज ।
यही शोकलाई बनाएर ज्वाला
पु¥याऊ अँधेरा कुनामा उज्याला ।।३

छ संसार बाँकी बचेको अगाडि
दुखी छौ तिमी व्यर्थ हेर्दै पछाडि ।
यहीँ गर्न बाँकी छ कर्तव्य तिम्रो
नयाँ भेट्नुपर्ने छ गन्तव्य तिम्रो ।।४

अझै भिर्न बाँकी गह्रुङ्गो छ भारी
अझै जोस गर्दै छ नौलो तयारी ।
अझै पर्खिँदै लक्ष्य छन् पूर्ण बन्न
अझै छन् तिमीले समस्या निखन्न ।।५

ढल्यो आत्मको देह कारा ठिकै हो
हुने आखिरीमा सबैको त्यही हो ।
तिमीमात्र बेग्लै कहाँ छौ धरामा
तिमीझैँ सबै छन् अनेकौँ धरामा ।।६

भए लोक नौलो छ पक्कै तिलस्मी
त्यहीँ घामको झन् सुनौलो छ रश्मि ।
बिदा यो धराबाट जो छन् भएका
निसन्देह जम्मै त्यहीँ छन् गएका ।।७

नयाँ देहको वस्त्र लाएर बस्छन्
त्यहाँ ती असाध्यै रमाएर बस्छन् ।
थियो चाह जे त्यो पुगेकै छ के भो
तिमी अश्रु झार्दै बस्यौ अर्थ के भो ।।८

तिमी ओठ मुस्कानले फुल्न देऊ
सबै वेदना नेत्रले भुल्न देऊ ।
भुलोस् दृष्य मस्तिष्कले दुःखदायी
भनी काम देऊ नयाँ चित्तलाई ।।९

छन्द : भुजङ्गप्रयात
गण : य य य य
सङ्केत : lSS  lSS  lSS  lSS

 

वि.सं.२०८१ असार २९ शनिवार ०८:३६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...