काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले दुई मन्त्रालय माग गरेको छ । सो पार्टीले असअघि प्रचण्ड नेतृत्वमा समाल्दै आएको मन्त्रालय माग मागेको हो ।
अध्यक्ष अशोक राई निकट एक नेताले भने, ‘हामीले पुरानै मन्त्रालयहरु मागेका छौं । छलफल चलिरहेको छ ।’ प्रचण्ड नेतृत्वको सरकारमा राई नेतृत्वको जसपाले स्वाथ्य र वन तथा वातावरण मन्त्रालय पाएको थियो । तर गत १७ असारमा नेपाली कांग्रेस र एमालेबीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएपछि जसपाबाट मन्त्री बनेका नेताहरु प्रदीप यादव र नोवलकिशोर साह सुडीले मन्त्री पदबाट राजीनामा बुझाएका थिए ।
जसपाले पनि सरकारबाट समर्थन फिर्ता लिएको थियो । एमालेलाई साथ दिदै समर्थन फिर्ता लिएको जसपाले नयाँ मन्त्रिपरिषदमा पुरानै मन्त्रालयहरु दाबी गरेको हो । स्रोतका अनुसार, राईले मागेको मन्त्रालय संख्याप्रति ओली सकारात्मक छन् ।
वि.सं.२०८१ असार ३० आइतवार १५:१५ मा प्रकाशित































