back
CTIZAN AD

द्वारिकाज होटेलकी संस्थापक अम्बिका श्रेष्ठको निधन

वि.सं.२०८१ साउन ३ बिहीवार

1.1K 

shares

काठमाडौँ । द्वारिकाज होटेलकी संस्थापक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ । आन्द्रामा सङ्क्रमण देखिएपछि उनी लामो समय उपचारमा थिइन् । बिहीबार बिहान ८ बजे श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।

पेटको आन्द्रामा गम्भीर सङ्क्रमण देखिएपछि उनलाई धेरै पटक अस्पताल भर्ना गरिएको थियो । आन्द्राको सङ्क्रमणसँगै पछिल्लो समय उनको स्वास्थ्यमा अन्य गम्भीर जटिलता पनि देखिएको थियो ।

पटना विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक उत्तीर्ण अम्बिकाले सप्तरीमा बडाहाकिम रहेका आफ्ना पति बिरामी भएपछि तीन वर्षमै उनले अमेरिकन लाइब्रेरीको आकर्षक जागिर छाडेकी थिइन् ।

पतिपत्नी मिलेर उनीहरूले मुलुककै दोस्रो ट्राभल एजेन्सी काठमाडौँ ट्राभल एन्ड टुर्स खोलेका थिए । उनीहरूले खोलेको न्युरोडको पारस होटेल नेताहरूको जक्सन थियो ।

अहिले उनकी ठुली छोरी सङ्गीताले द्वारिकाज होटेलको नेतृत्व गरेकी छन् भने कान्छी छोरी विनीता सपरिवार अमेरिकामा बस्दै आएकी छिन् ।

वि.सं.२०८१ साउन ३ बिहीवार १६:०० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...