back
CTIZAN AD

पर्यटकको उत्कृष्ट गन्तव्यस्थल बन्नसक्ने छाङ्गा बाराही झरना ओझेलमा

वि.सं.२०८१ साउन ४ शुक्रवार

978 

shares

दमौली (तनहुँ) । पहाडको खोंच, जङ्गलै जङ्गले घेरिएको ठाउँ । हरियाली मनमोहक ठाउँ । अग्लो डाँडाबाट ढुङ्गामा ठोक्किँदै झरेको पानी । डाँडाबाट खस्दा आउने आवाजले तनहुँको व्यास नगरपालिका–१४ छाब्दी नजिक रहेको छाङ्गा बाराही झरनाले यहाँ पुग्ने सबैलाई लोभ्याउँछ तर यसको प्रचारप्रसार हुननसक्दा पर्यटकीय गतिविधि बढ्न सकेका छैनन् ।

सदरमुकाम दमौली हुँदै बाराही मन्दिरबाट पूर्वतर्फको यात्रा गरेपछि करिब ३० मिनेटमा यहाँ पुगिन्छ । कही उकालो र कही समथल बाटोको यात्रा गरेपछि यहाँ पुग्दा जो कोही मोहित हुन्छन् र थकान मेटिएको आभाष हुन्छ । यहाँ गाउँपालिका वडा नं १४ कुलुङ गाउँबाट आउने पानीले झरनाको रूप लिएको छ ।

पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्यस्थल बन्नसक्ने यो ठाउँ प्रचारप्रसारको कमीले ओझेलमा परेको झरनामा घुम्न पुग्नुभएका व्यास नगरपालिका–२ बागबजार निवासी सुदीप गफ्फारले बताए । दमौलीको उखरमौलो गर्मीका बेला यहाँको शीतलताले आनन्दित बनाएको उनको भनाइ छ । “झरनाको पानी एकदम चिसो, गर्मीका बेला त साह्रै आनन्द आउने । हरियाली वातावरणले झनै आकर्षित गर्ने ठाउँ रहेछ”, उनले भने । यस ठाउँलाई धार्मिक पर्यटनसँग जोड्नसके धेरै लाभ लिन सकिने भन्दै गफ्फारले थपे, “छाब्दी बाराही मन्दिर दर्शन गर्न आउने भक्तजनलाई यस ठाउँसम्म आउने वातावरण सिर्जना गर्नुपर्छ । त्यसो भएमा यो राम्रो पर्यटकीय क्षेत्र बन्नसक्छ ।”

व्यास नगरपालिका–१ का सुनिल श्रेष्ठले चिसो पानी, मनमोहक वातावरणले यहाँ पुग्ने जो कसैको मन लोभ्याउने उल्लेख गरे । प्रचारप्रसारका कारण यस झरनामा सोचेजति चहलपहल नभएकाले स्थानीय तहले यसतर्फ ध्यानदिनुपर्ने उनकोे भनाइ छ ।

व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ यस ठाउँको पर्यटन प्रवद्र्धनका लागि केही वर्ष पहिला झरनामा ‘क्यानोनिङ’ (चट्टानमा डोरीको सहाराले हाम्फाल्ने) शुभारम्भ गरिए पनि त्यसले सार्थकता नपाएको बताए । उनले भने, “छाब्दी बाराही मन्दिर दर्शनका लागि विभिन्न जिल्लाबाट हजाराँै भक्तजन आउँछन् । यहाँ आउने भक्तजनलाई झरनासम्म पु¥याउन सकिरहेका छैनौ । छाब्दीमा आउनेलाई झरनासम्म पुग्ने वातावरण बनाउन पाए पर्यटन प्रवर्द्धनमा टेवा पुग्थयो तर हाम्रो प्रयासले मात्र सम्भव भएको छैन ।”

झरनासम्म पुग्ने बाटोमा करिब एक सय मिटर ढलान गरिएको छ । वडाको सीमित बजेटले मात्रै यहाँ पूर्वाधार निर्माण गर्न कठिनाइ भएको श्रेष्ठको भनाइ छ । उनले भने , “वडाको सानो बजेटबाट धेरै काम गर्न सकिएको छैन । पूर्वाधार निर्माण गर्नका लागि स्रोत छैन । अब पालिका र अन्य सरोकार भएकाहरूले पनि यसमा सहयोग गर्नुपर्छ, अनि मात्रै आवश्यक पूर्वाधार निर्माण तथा प्रचारप्रसारका काममा सहज हुन्थ्यो ।”

वि.सं.२०८१ साउन ४ शुक्रवार १३:५० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...