back
CTIZAN AD

राष्ट्रपतिले गरे ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकलाई बिदाइ

वि.सं.२०८१ साउन ४ शुक्रवार

1.1K 

shares

काठमाडौं । ३३औँ गृष्मकालीन पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिदाइ गरेका छन् । विदाइ कार्यक्रममा ओलम्पिक खेल्ने चार खेलाडी मात्रै संलग्न थिए ।

बिदाईमा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र ब्याडमिन्टनका प्रिन्स दाहाल संलग्न रहेका थिए ।
आज बिदाइमा छ खेलका पाँच प्रशिक्षक उपस्थित थिए । जसमा जुडोकी देभु थापा, पौडीकी नयना शाक्य, टेबल टेनिसका राजेन्द्र कपाली, एथ्लेटिक्सका कान्ती महतो र सुटिङका प्रदिप खाती रहेका थिए । ब्याडमिन्टनका प्रिन्स दाहाल भने प्रशिक्षक बिना ओलम्पिक खेल्नेछन् ।

विदाइमा राष्ट्रपति पौडेलले खेलकुद भनेको राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताए । उनले हार र जित खेलको पाटो भएको बताउँदै ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे ।

वि.सं.२०८१ साउन ४ शुक्रवार १३:५५ मा प्रकाशित

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...