back
CTIZAN AD

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख नाघ्यो

वि.सं.२०८१ साउन ४ शुक्रवार

918 

shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । बैंकले स्थापनाको १७ वर्षमै आफ्नो ग्राहक संख्या ५० लाख पुर्याएको हो ।

बैंकका अनुसार वि.सं. २०६३ सालमा स्थापना भएको यस बैंक स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।

हालैमात्र बैंककोे निक्षेप ५ खर्ब रुपैयाँ भन्दा बढि पुगेको बैंकले जनाएको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुमध्य पहिलो नम्बरमा रहेको छ ।

ग्राहकमैत्री सेवाहरु, साना तथा मझौला ब्यवसायमा जोड, प्रविधीमैत्री सेवाहरुका साथै उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै बैंकले आम नागरिकको विश्वास जित्दै आएको छ ।

बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेको बैंकले जनाएको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको जनाएको छ । साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:०१ मा प्रकाशित

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...