back
CTIZAN AD

एक वर्षमा सवा ३४ करोडका अवैध सामान बरामद

वि.सं.२०८१ साउन ८ मंगलवार

1.1K 

shares

वीरगञ्ज (पर्सा) । यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले गत आर्थिक वर्षमा रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल१३ नं गणका प्रमुख राधेश्याम धिमालले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा नौ करोड रु ८९ लाख ३७ हजार तीन सय ८२ मूल्य पर्ने सामान तथा उपकरण बढी बरामद गरेको बताए । “भन्सार छली गरेर भित्रिएका सामानलाई पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ”, उनले भने । “बिलबीजकअनुसार नभएका सामानसहितका मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ । सोही कार्यालयले आवश्यक अनुसन्धान गर्ने गर्छ”, सशस्त्र प्रहरी बल पर्साले आव २०८०÷८१ मा भन्सार छली गरेर भित्रिएका रु १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ मूल्य बराबरकाअवैध समान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ ।

सोही अवधिमा बिलबीजकअनुसार नभएका रु १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले आव २०७९÷८० भने रु २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो ।

वि.सं.२०८१ साउन ८ मंगलवार १५:३२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...