back
CTIZAN AD

पाइलट मनीषरत्नलाई सकुशल उद्धार गर्ने प्रहरी पुरस्कृत

वि.सं.२०८१ साउन ११ शुक्रवार

3.4K 

shares

काठमाडौं । विमान दुर्घटनामा जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने प्रहरी पुरस्कृत भएका छन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको साउन ९ गते विमान दुर्घटना भएको थियो ।

प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो ।

दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुने सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरुका आफन्त रहेका छन् ।

वि.सं.२०८१ साउन ११ शुक्रवार १२:४७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...