back
CTIZAN AD

चार वर्षदेखि पालमा कष्टपूर्ण जीवन बिताउँदै पहिरो पीडित

वि.सं.२०८१ साउन ११ शुक्रवार

1.1K 

shares

सङ्खुवासभा (किमाथाङ्का) । यहाँको सिलिचोङ गाउँपालिका-१ बेसिन्दाको पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण रोकिएको छ । विसं २०७७ असार २८ गतेको पहिरोले सिलिचोङ-१ बेसिन्दाका ९७ परिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका-७ स्थित भैरे डाँडामा घर निर्माण थालिए पनि गत माघदेखि निर्माण रोकिएको हो । घर निर्माण हुन नसक्दा पहिरो पीडित अझै पालमा कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।

समयमा घर निर्माण हुन नसक्दा विस्थापितको चार वर्षसम्म पुनःस्थापना हुनसकेको छैन । जिल्ला विपद् ब्यवस्थापन समितिको खातामा रकम प्राप्त नभएपछि गत माघबाट घर निर्माण रोकिएको खाँदबारी नगरपालिका-७ का कार्यवाहक वडाध्यक्ष झलक कुसुलेले बताए । सरकारले घर निर्माणका लागि उपलब्ध गराउने रु पाँच लाख रकम जिल्ला विपद् ब्यवस्थापन समितिलाई प्राप्त नहुँदा घर निर्माण रोकिएको कार्यवाहक वडाध्यक्ष कुसुलेको भनाइ छ । उनका अनुसार ५५ घरमध्ये २५ घरको ५० प्रतिशत बढी काम सकिएको छ । अन्य घरको २५ प्रतिशत काम भएको छ । पहिरोबाट विस्थापित भएको दुई वर्षपछि पहिरो पीडितको घर निर्माण थालिएको थियो । घर निर्माण रोकिएपछि अस्थायी टहरामा बस्दै पीडित परिवार थप पीडामा परेका हुन् । पीडितका लागि सङ्घीय सरकारले ६०, प्रदेश सरकारले ३० र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो ।

पहिरो पीडितको आवास निर्माणका लागि रु पाँच लाख ५० तोकिएको थियो । उक्त रकम प्राविधिकको मुल्याङ्कनअनुसार तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएपनि हालसम्म ५० हजार रुपैयाँ मात्र भुत्तानी पाएको पीडितको भनाइ छ । भैरे डाडाँमा ५५ परिवारका लागि ६९ रोपनी जग्गा एक करोड ३० लाखमा खरिद गरिएको थियो । पहिरोबाट विस्थापित ९७ परिवारमध्ये २५ घर चित्रे, १२ घर बखल्टुमटार र ५५ घर खाँदबारीमा अस्थायी टहरामा बसिरहेका छन् । पहिरो पीडितका लागि चित्रेमा ५१ दशमलब पाँच रोपनी रु ७० लाख र बखल्टुममा १७ दशमलब पाँच रोपनी रु ३४ लाखमा खरिद गरी संयुक्त रुपमा रजिस्ट्रेशन पास गरिएको छ । यहाँका नौ घर पहिरोले बगाउँदा ११ जना बेपत्ता भएका थिए ।

रासस /फाइल फाेटाे

वि.सं.२०८१ साउन ११ शुक्रवार १३:५९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...