back
CTIZAN AD

अमेरिकामा ‘कराते कहर,सफलता बहार’ पुस्तक सार्वजनिक

वि.सं.२०८१ साउन १२ शनिवार

1.2K 

shares

बिके राई (सन्तोष) न्युयोर्क, अमेरिका । मार्शल आर्ट्स (कराते) का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईको जीवनी ‘कराते कहर, सफलता बहार’ पुस्तक अमेरीकाको न्युयोर्कमा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।

न्युयोर्क क्विन्सको ज्याक्सन हाइटस्थित घ्यालसुम्दो सेवा समाजको भवनमा हालै सम्पन्न उक्त कार्यक्रम युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टर अध्यक्ष मामता खालिङ राईको सभापतित्वमा सम्पन्न भएको थियो भने समाजसेवी तथा किरात खालिङ राई उत्थान समिति अमेरिका शाखाका अध्यक्ष मकर खालिङ राई प्रमूख अतिथि थिए ।
‘कराते कहर,सफलता बहार’ पुस्तकमा राई सानै हुँदा बाबाको स्वर्गवास भएपछी कठिन परिस्थिति सामना गर्नु परेको साथै पढाईमा वन्चित भएर भेँडा गोठमा अति नै संघर्षमय बाल्यकाल विताएका देखी हाल प्राप्त भएको अपार सफलताको यथार्थ कथा समेटिएको छ । जस्लाई राईको आफ्नै भाइ मानवीर खालिङले लेखेका हुन भने डा. लाल श्यककाकारेलु रापचाले सम्पादन गरेका हुन् ।

पर्खी खालिङ राई हाल अमेरिकी कराते माहासंघ अन्तर्गत अन्तर्राष्ट्रीय खेलाडी छनोटका निर्णायकको रूपमा छन् । उनि संयुक्त राज्य अमेरीकाको बिभिन्न राज्यमा निर्णायकको रूपमा कार्यभार सम्हाली सकेका छन् भने संयुक्त राज्य अमेरीका बाहेक अन्य देशमा पनि निर्णायकको भूमिका निभाई रहेका छन् । उनले आफैले सन्चालन गरेका इन्टरनेशनल मार्शल आर्ट्स एशोसिएसन न्युयोर्कमा आफैले प्रशिक्षण दिदै आएका छन् । संयुक्त राज्य अमेरीकामा नेपालीद्वारा संचालित यो नै पहिलो मार्शल आर्ट्स् एशोसिएसन हो।

हाल उनले दैनिक ७० देखी ८० जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिइरहेका छन् । उनका प्रशिक्षार्थी मध्यकी केलसाङ लामा सन् २०२१ मा पहिलो नेपाली महिला इन्टरनेशनल मार्सल आर्ट्स एसोसिएसन न्यूयोर्कबाट निर्णायक बनेकी थिइन भने धेरैजना पुरूषहरू अमेरीकी करातेमा निर्णायक तथा प्रशिक्षकको रूपमा काम गरिरहेका छन् ।

शनिबार सम्पन्न उक्त पुस्तक सार्वजनिक कार्यक्रममा बिशेष अतिथिको रूपमा न्युयोर्क मेयर कार्यालयका प्रतिनिधि सुक्रानी धान्पत, नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना) का–अध्यक्ष तोरण गुरूङ, युक्रा केन्द्रिय उपाध्यक्ष केसवराम राई, युक्रा केन्द्रिय भूतपूर्व अध्यक्ष भूतपूर्वपुर्व महासचिव युक्रा न्युयोर्क च्याप्टर संस्थापक–अध्यक्ष तथा हालका सल्लाहकार प्रभाकर साम्पाङ राई, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, नेपाली समाज अमेरीकाका अध्यक्ष लोक चेम्जोङ, नेपाली कलाकार संघ नर्थ अमेरीकाकी –अध्यक्ष तथा युक्रा न्युयोर्क च्याप्टर बरिष्ठ उपाध्यक्ष वसन्ती राई, लोकप्रिय नृत्य निर्देशक तथा युक्रा न्युयोर्क च्याप्टर सल्लाहकार गोविन्द राई, (AD37A_ District Leader छेमाङ दोर्जे लामा, बिष्णु राणा मगर, New York Assembly District–30 District Direct फुर्साङ डोल्मा, गीतकार पद्मा लिँखा, बृहत्तर सूदुरपश्चिम नेपाली समाज अमेरिका इंक–अध्यक्ष टिबी भण्डारी, शेर्पा किदूग–अध्यक्ष टेम्बा शेर्पा, नेपाल आदिवासि जनजाती महासंघ अमेरिकाका सल्लहकार कुलदिप राना मगर, हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर–अध्यक्ष बिरेन्द्र जंग केसी र हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर–अध्यक्ष सोभाकान्त पाण्डे, थिए ।

कार्यक्रमका अतिथिहरुमा नेपाल आदिवासि महासंघ अमेरीकाका महासचिव तथा थारू एन्ड फ्रेण्डस् एशोसिएसनका बरिष्ठ उपाध्यक्ष दिपक चौधरी, नेपाल आदिवासि महासघ अमेरीकाकी दाजिमा शेर्पा, शेर्पा किदुगका महासचिव साङ दोर्जे शेर्पा, बरिष्ठ पत्रकार बिके नेवा, हेल्लो अमेरिकाका सम्पादक तथा भिडियो ग्राफर सम्राट कार्की, हामी नेपाली ग्लोबल अमेरिका च्याप्टरका युथ कोअर्डिनेटर लकेश श्रेष्ठ, पार्करमा १८ औं पटक गिनिज वर्ल्ड रेकर्ड बुकमा नाम लेखाउन सफल दिनेश सुनार, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) करातेमा स्वर्ण पदक विजेता अनु अधिकारी थिए ।

 

कार्यक्रममा स्वागत मन्तव्य दिदै युक्रा न्युयोर्क च्याप्टरका उपाध्यक्ष कृष्ण प्रसाद राईले मार्शल आर्टस् चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईको जीवनी बारेमा प्रष्ट्याएका थिए भने कार्यक्रमका सभाध्यक्ष मामता खालिङ राई, प्रमूख अतिथि मकर खालिङ राई र बिशेष अतिथि तोरण गुरूङले संयुक्त रूपमा पानासमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर अध्यक्ष सोभाकान्त पाण्डेले आफू पनि रेड वेल्ट सम्म खेलेको कारण चौथो डिग्री ब्ल्याक बेल्ट राईलाई सम्मान स्वरूप (इकक) भनेर आफनो मन्तव्य सुरू गरेका थिए भने सार्क स्तरिय करातेमा स्वर्ण पदक बिजेता अनु अधिकारीले उक्त कार्यक्रम गुरू पूर्णिमाको दिन परेको कारण गुरू सम्झेर सम्मान व्यक्त गरेकी थिइन् भने पार्करमा १८ औँ पटक विश्व रेकर्ड गिनिज बुकमा नाम लेखाउन सफल दिनेश सुनारले पर्खी राईलाई सम्मान स्वरूप सुट लगाएको सामान्यतया खासै नलगाउने बताए ।

उक्त कार्यक्रममा मन्तव्य दिदै न्युयोर्क मेयर कार्यालयका प्रतिनिधी तथा दक्षिण एशियाली समुदाय सम्पर्क समितिकी सदस्य सुकुरानी धान्पतले बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् । मन्तव्यकै क्रममा नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना) का अध्यक्ष तोरण गुरूङले राईको जीवनी पढेर भावि सन्ततिमा कडा परिश्रम, धैर्यता पछी सफलता मिल्ने रहेछ भन्ने मनोविज्ञान साथै मन भित्रैदेखी उर्जा भरिने भनाई व्यक्त गरे भने थुप्रै वक्ताहरूले सो पुस्तक प्रकाशन भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमूख अतिथि समाजसेवी तथा किरात खालिङ राई उत्थान समिती अमेरिका शाखाका अध्यक्ष मकर खालिङ राईले आफुले पर्खी खालिङ राईलाई नजिकबाट चिनेको र बाल्यकालदेखीनै कडा मिहिनेत गर्ने एक असल व्यक्ती भएर यो सफलता मिलेको भन्दै प्रसंसा गरेका थिए ।
कार्यक्रमको अन्तमा सभाध्यक्ष ममता खालिङले पुस्तकका पात्र पर्खी खालिङलाई बधाई तथा शुभकामना दिदै कार्यक्रम समापन गरेकी थिइन भने उक्त कार्यक्रमको उद्घोषण युक्रा न्युयोर्क च्याप्टर महासचिव बिके राई सन्तोषले गरेका थिए ।

वि.सं.२०८१ साउन १२ शनिवार १४:१६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...