back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ साउन १२ शनिवार

1.2K 

shares

नवशिला, लालभित्ती, मोरङ

आँखा मारेर
त्यतै तान्यौ प्रेमको
जालै हानेर ।
१.

माया मिसाई
सुखी भयौ प्रेमको
भारि बिसाइ ।
२.

मुटु साटेको
नचुडिने प्रीतिको
डोरी बाटेको ।
३.

माया साँधियो
नवशिला मिलेर
जोडी बाँधियो ।
४.

पत्रमित्रले
लट्ठै पार्यौ उ बेला,
शव्द चित्रले ।
५.

हात समायौ
नवशिला भए’सि
झनै रमायौ ।
६.

मनै हरेछौ
अंगालोमा बाँधेर
गर्नु गरेछौ ।
७.

आएँ धाएर
खुसी भा’छु मायालु
तिमी पाएर ।
८.

माया गाँसेको
कति राम्रो सुहायो
तिमी हांँसेको ।
९.

प्रेम लिलाले
मायाप्रिति गाँसेका
नवशिलाले ।
१०.

 

वि.सं.२०८१ साउन १२ शनिवार १०:३८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...