back
CTIZAN AD

सामूहिक बलात्कारको आरोपमा तीन जनामाथि मुद्दा

वि.सं.२०८१ साउन १३ आइतवार

1.4K 

shares

रौतहट । बालिकालाई सामूहिक बलत्कार गरेको आरोपमा तीन जनामाथि मुद्दा दर्ता भएको छ । रौतहटको गुजरा नगरपालिकामा एक दलित बालिकामाथि २२ दिनअघि सामूहिक बलात्कार भएको थियो ।

लेनदेनमा मुद्दा मिलाउने प्रयास भएपछि मुद्दा दर्ता गर्ने समय लम्बिएको हो । गएको ७ गते गरुडामा मुद्दा दर्ता भएको हो ।

आरोपीहरू गुजरा ४ कनकपुर गाउँका वर्ष २० का शेख ईञ्जमाम, वर्ष २१ का शेख मुस्ताक र वर्ष २५ को दीपेन्द्र कुमार दासविरुद्ध जबरजस्ती करणी लगायतको मुद्दा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ भने थप अनुसन्धान भइरहेको छ ।

घटना विवरण अनुसार आरोपी मध्ये एकजनाले गुजरा ४ कनकपुर गाउँकी १७ वर्षीय एक दलित बालिकालाई विभिन्न प्रलोभन दिई गत असार १५ गते दिउँसो कटहरिया २ कनकपुर जमुनिया गाउँबिचको चौरमा लागेका थिए ।

पहिल्यै देखि त्यहाँ लुकिबसेका अन्य दुई आरोपीसहित तीनैजनाले बलपूर्वक दलित बालिकालाई पालै पालो बलात्कार गरी मोबाइल फोनबाट भिडियो समेत बनाएका थिए ।

वि.सं.२०८१ साउन १३ आइतवार १०:४४ मा प्रकाशित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...