back
CTIZAN AD

सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँटको मिति तय

वि.सं.२०८१ साउन १४ सोमवार

1.8K 

shares

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार एफपिओ साउन १६ गते बिहान ८ बजे बाँडफाँट गर्ने तयारी भएको हो ।

कम्पनीले साउन ४ गतेदेखि ८ गतेसम्म निष्कासन गरेको एफपिओ ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५ कित्ता एफपीओ शेयर निष्काशन गरेको हो । साउन ८ गतेसम्म १६ लाख ५९ हजार ७५ जनाले २ करोड ३८ लाख ६३ हजार ४० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ संकलन भएको छ ।

कम्पनीले निष्काशन गरेकोे एफपिओ अनुसरा १० १० कित्ताको दरले ४ हजार ६७२ जनाले शेयर पाउने छन् । सोहि मध्यका ९ जना भाग्यमानीले थप १ कित्ता गरी ११ कित्ता शेयर पाउने छन् । कम्पनीको एफपिओमा आवेदन दिएका १६ लाख ५४ हजार ४०३ जनाको हात रित्तो हुने देखिएको छ ।

साविक सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड सात लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसामा संस्थापक शेयरधनीको स्वामित्व ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९ दशमलव ६४ प्रतिशत रहेकोे छ । राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिंदा दिएको निर्देशन अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले कम्पनीले सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एफपीओ निष्काशन गरेको थियो ।

वि.सं.२०८१ साउन १४ सोमवार १२:५१ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...