back
CTIZAN AD

युवाहरुलाई निःशुल्क कपाल काट्ने तालिम

वि.सं.२०८१ साउन १७ बिहीवार

750 

shares

चितवन । यहाँका युवालाई निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरिएको छ । सीप सिकेर स्वदेशमै व्यवसाय गर्न सक्ने बनाउन तालिम सञ्चालन गरिएको हो ।

भरतपुरको सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ३० युवायुवतीलाई निःशुल्क तालिम सञ्चालन गरेको हो । सैलुनका सञ्चालक सुलभ सिग्देलका अनुसार तालिममा सहभागी आधाभन्दा बढी महिला छन् । ब्युटीपार्लर सञ्चालन गर्दै आएकाहरुसमेत तालिममा सहभागी छन् । उनीहरुलाई ४५ दिनसम्म सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइने जनाइएको छ ।

प्रशिक्षणपश्चात् स्थानीय वडा र पालिकासँग समन्वय गरेर व्यवसाय सञ्चालनमा सहजीकरण गरिने सिग्देलले बताए । आवेदन दिएकाहरुबाट छनोट गरी स्वदेशमै पेसा गर्न चाहनेलाई तालिममा समावेश गरिएको उनकोे भनाइ छ ।

सैलुनका प्रबन्ध निर्देशक सुस्मिता चालिसेले यसअघि यही तालिमका लागि प्रतिव्यक्ति रु ४० हजार लिईँदै आएको बताईन् । गत वर्ष पनि ३० जनालाई निःशुल्क तालिम दिइएको उनिले जानकारी दिईन् ।

तालिमपश्चात् सहभागीले महिला र पुरुष दुवैको कपाल काट्नेलगायत सैलुन र पार्लरसम्बन्धी काम गर्न सक्ने चालिसेको भनाइ छ । गत वर्ष तालिमका सहभागीमध्ये केहीले आफैँले व्यवसाय सञ्चालन गरेका छन् । केहीले रोजगारी पाएका छन् । सिग्देलले विदेशबाट फर्किएर यहाँ सैलुन व्यवसाय गर्दै आएका छन् । विदेशका दुःख देखेर युवाहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गर्न निःशुल्क तालिम दिँदै आएको उनकोे भनाइ छ ।

वि.सं.२०८१ साउन १७ बिहीवार १३:११ मा प्रकाशित

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...