back
CTIZAN AD

राहदानी बाकसमा थन्क्याएर तरकारीखेतीमा पर्वतका दीपक

वि.सं.२०८१ साउन १९ शनिवार

981 

shares

पर्वत । पछिल्ला समय केही भविष्य नदेखेरे दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिन बाध्य भएका छन् ।

तर पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकका युवा दीपक शर्माले भने व्यावसायिक तरकारीखेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । विदेश जानका लागि बनाएको राहदानी बाकसमा थन्क्याएर विगत २० वर्षदेखि व्यावसायिक रुपमा तरकारीखेतीमा लागेका शर्माले गाउँमै बसेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

उमेरले ३८ वर्ष पुगेका दीपक र उनकी श्रीमती सीता शर्माले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । आफू जन्मिने बेलादेखि नै आफ्ना बुबाआमाले अँगालेको निर्वाहमुखी परम्परागत तरकारी उत्पादन पेसालाई व्यावसायिक बनाउँदै आफूले ठूलोमात्रामा तरकारीखेती थालेको उनले बताए ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक नजिकै पर्छ मिलचोक । यहाँ उत्पादित तरकारी सजिलै ढुवानी गरेर छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजार, पर्वतको कुश्मा र बागलुङ बजारमा बिक्री हुने गरेको छ । बिहान ६ बजेदेखि बेलुका अबेरसम्म करेसाबारीमै व्यस्त हुने शर्मा दम्पतीले लामाबगरस्थित करिब सात रोपनी खेत वार्षिक रुपमा रु एक लाख २० हजार भाडामा तथा बाँकी आफ्नै खेतबारीमा तरकारी खेती गरेका छन् । वर्षायाममा १० रोपनी र हिउँदयाममा १५ रोपनी क्षेत्रफलमा तरकारी लगाउने गरेको दीपकले बताए ।

पाँच रोपनी क्षेत्रफलमा वर्षायाममा धान रोपाइँ गर्दै आएका छन् । करेसाबारीमा काँक्रो, सिमी, बोडी, भ्यान्टा, लौका, करेला, घिरौँला र खुर्सानी, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आएका छन् । सिजनअनुसार आलुखेती गर्छन् । उत्पादन भएको ताजा तरकारी लिन व्यवसायी घरमै आउने भएकाले बिक्रीको समस्या नरहेको उनले बताए ।

करेसाबारीबाटै दैनिक रुपमा तरकारी बिक्री गर्ने शर्माले वार्षिक रुपमा रु १५ लाखसम्मको आम्दानी हुने गरेको बताए । मेहनत गर्नसकेमा दुःखअनुसार कमाई पनि हुने भएकाले श्रीमान्लाई विदेश नपठाएको सीताले बताइन् । “विदेश गए पनि दुःख नै गर्नुपर्छ, त्यहाँ गर्ने दुःख यहीँ गर्न सकेमा आम्दानी पनि हुन्छ, घरपरिवारसँग बस्दा सबैलाई आनन्द पनि हुन्छ”, उनले भने ।

“मैले श्रीमान्लाई विदेश जान दिइन यही माटोमा सँगै परिश्रम गरौँ भनेँ”, सीताले भनिन्, “छरछिमेकका साथीहरु विदेश गएको देखेर राहदानी बनाएको भए पनि जान रोकेकी हुँ ।” दीपक दम्पतीले आफूले गर्न नसकेको काम दैनिक ज्यालादरी मजदुर राखेर गर्दै आएको बताए

ड्ड दीपककी आमा भद्रकली शर्माले आफूले पहिल्यैदेखि निर्वाहमुखी रुपमा गर्दै आएको पेसालाई छोराबुहारीले अगालेकामा दङ्ग छन् । “अहिले उनीहरुले धेरै जग्गामा लगाएका छन्, कमार्ई राम्रो भएकामा हामी बूढाबूढी खुसी छौँ”, उनले भनिन् । तरकारीबाट भएको आम्दानीले छोरालाई निजी विद्यालयमा पढाएका छन् भने बाँकी रकम बैंकमा बचत गर्ने गरेको दीपकले बताए । अहिले परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै सबैभन्दा बढी आत्मसन्तुष्टि प्राप्त भएको दीपकको अनुभव छ । उनले सबैजसो खर्च कटाएर वार्षिक रु छदेखि सात लाख बचत हुने गरेको बताउछन् ।

विदेशमा गए पनि मरिमेटेरै दुःख गर्नुपर्ने भएकाले आफ्नै खेतबारीमा पसिना बगाउन उनले भविष्यको खोजीमा विदेशिन लागेका युवालाई सुझाव दिएका छन् । उनले व्यावसायिक रुपमा तरकारीखेतीमा लाग्न चाहने युवालाई आफूले ज्ञान, सीप र प्रविधिका साथै बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

वि.सं.२०८१ साउन १९ शनिवार १०:५२ मा प्रकाशित

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...