back
CTIZAN AD

पहिरोले बगाएको सिँचाइ नहर मर्मत

वि.सं.२०८१ साउन २२ मंगलवार

765 

shares

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला र पोखरा महागनरपालिका–१९ पुरुनचौरको मुख्य सिँचाइ नहर सञ्चालनमा आएको छ ।

गत असार १७ गते राति पहिरोले क्षति पुगेको सिँचाइ नहर पुनःनिर्माणपछि सोमबार ३५ दिनपछि सञ्चालनमा ल्याइएको हो । सार्दिखोला पुरुनचौर सिँचाइ आयोजनाको नहर पुरुनचौरको स्थानीपातल तथा सार्दिखोलाका विभिन्न आठ स्थानमा पहिरोले क्षति पुर्याएको थियो ।

धान रोप्ने बेलामा सिँचाइ नहर पहिरोले बगाएपछि किसानले आकाशको पानीमा निर्भर रहेर दुःखका साथ रोपाइँ गरेका थिए । धान रोपाइँ गरे पनि रोपेको धान मर्न थालेपछि किसान चिन्तित बनेका थिए । रोपेको धानमा पानी अभावमा सिँचाइ हुनसकेको थिएन । सिँचाइ आयोजनाबाट सार्दिखोलाको एक सय र पुरुनचौरका तीन सय ५० हेक्टर जमिन सिँचाइ हुँदै आएको छ ।

पुरुनचौरका स्थानीय अगुवा दीपक पौडेलले स्थानीयवासीको अथक प्रयासपछि सिँचाइ नहर सञ्चालनमा आएको बताए । मेसिन र मौसमका कारणले नहर सञ्चालमा ढिलाइ भएको पौडेलले बताए । नहर सञ्चालन भएर खेतमा पानी लगाउन पाएपछि किसानमा खुसीयाली छाएको छ । सो नहरको पानी सार्दिखोला र पुरुनचौरमा साँझ–बिहान पालो लगाएर खेतमा लगाउने गरिएको छ ।

पौडेलले नहर पुनःनिर्माणका लागि रु १५ लाख खर्च भएको बताए । नहर पहिरोले बगाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायतले स्थलगत निरीक्षण गरी किसानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

“प्रदेश सरकार र महानगरबाट नहर पुनःनिर्माणका लागि सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । अहिले हामी आफैँ उपभोक्ताले केही रकम सङ्कलन गरेर काम सम्पन्न गरेका छौँ । अब नहर सञ्चालन भएको छ, सरकारले दिने भनेको पैसाका लागि प्रक्रिया अघि बढाउँछौँ”, पौडेलले भने । सार्दिखोला पुरुनचौर सिँचाइ विसं २०५२ मा निर्माण गरिएको हो । माछापुच्छ«े –२ सार्दिखोलाको पानी पाँच किमी लामो नहरमार्फत ल्याएर पुरुनचौर र सार्दिखोलाको भुर्जुङखोलाको जमिनमा सिँचाइ गरिँदै आइएको छ ।

 

वि.सं.२०८१ साउन २२ मंगलवार ११:१९ मा प्रकाशित

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...