back
CTIZAN AD

घरबासको आकर्षण बन्दै ‘पानीघट्ट’

वि.सं.२०८१ साउन २३ बुधवार

762 

shares

मनाङ । पछिल्लो समय नेपालमा पनि भ्रमण तथा अवलोकन गर्ने परम्परा विकास हुँदै गएको छ । अधिकांश पर्यटकीय गन्तव्यमा बाह्य पर्यटकका साथै आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति देख्न सकिन्छ । पर्यटक कम मूल्यमा रमणीय स्थान घुम्न र बसाइँ लम्ब्याउन चाहन्छन् ।

हिमाली जिल्ला मनाङ भ्रमणमा आउने नेपाली तथा विदेशी सबैको रोजाइमा घरबास (होमस्टे) पर्ने गरेका छन् । घरबासमा बनाइने खानाका परिकार, सत्कार र रहनसहनले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दछ । नासोँ गाउँपालिका–४ स्थित ओडारगाउँ र नासोँ–८ स्थित ताचै घरबास यहाँ सञ्चालित छन् ।

यहाँ सञ्चालित घरबासको आकर्षण फरक रहेको बताउँदै मनाङ आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण अहिले पानीघट्टा पर्ने गरेको नासोँ–८ का वडाध्यक्ष याद घलेले बताए । अधिकांश स्थानमा विद्युतीय मेसिनरी पुगेपछि परम्परागत पानीघट्टा मासिएका भन्दै लोपोन्मुख हुँदै गएको पानीघट्टा हेर्न र यसबाट कुटानीपिसानी भएका खाद्यवस्तुको स्वाद लिन पर्यटक थप उत्साहित हुने गरेका उनले उल्लेख गरे ।

“अन्नपूर्ण पदमार्गमा भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घरबासको पानीघट्टामा पर्ने गरेको छ । विशेषगरी मनाङका घरबासमा पाहुनालाई रैथाने तथा जैविक खानेकुराले स्वागत गरिन्छ”, वडाध्यक्ष घलेले भने । जैविक खानेकुराको स्वादले पर्यटकलाई लोभ्याउने गरेको भन्दै ताचै घरबासले पानीघट्टमा पिसेका पिठोबाट विभिन्न परिकार बनाएर पाहुनालाई खुवाउने गरेको उनले जानकारी दिए ।

“विद्युतीय मेसिनमा कुटानीपिसानी गरिएका भन्दा पानीघट्टमा पिसिएका खाद्यान्न स्वादिष्ट हुन्छन् । यसले गर्दा पानीघट्टतर्फ पर्यटकको आकर्षण बढ्दै गएको हो । पानीघट्ट नदेखेका पर्यटक कुटानीपिसानीका क्रममा सञ्चालन गरिने पानीघट्ट हेर्न थप उत्साहित हुन्छन् । पानीघट्टमा कुटानीपिसानी गरिएका खाद्यवस्तु पाहुनाले पनि मिठो मानेर खाएको प्रतिक्रिया पाएका छौँ”, वडाध्यक्ष घलेले भने । पर्यटकलाई नयाँ स्वाद दिनुका साथै पानीघट्टको प्रयोगसँगै संरक्षणमा यहाँका घरबास लागेका उनकोे भनाइ छ ।

धानखेती नहुने मनाङमा जौ, गहुँ, करु, उवा, फापर उत्पादन हुन्छ । यहाँका स्थानीयले बारीमा उत्पादन भएका रैथाने बालीलाई पानीघट्टमा पिसेर विभिन्न परिकार बनाइ खाने÷खुवाउने गर्दछन् ।

ताचैकी स्थानीय चन्द्रकाशी घलेले भने, “कहिले काँचै त कहिले भुटेर पिँध्ने गर्छौँ, यसरी पिस्दा पौष्टिक तत्व पनि नष्ट हुदैन र स्वादिलो पनि हुन्छ । हाम्रो होमस्टेका पाहुनाले अन्य परिकार भन्दा पानीघट्टमा पिसिएका परिकार मिठो मानेर खानुहुन्छ ।” पाहुनाले रुचाउने, स्वादिलो हुने, पौष्टिक तत्व नष्ट पनि नहुने भएकाले पानीघट्टको प्रयोग गरिएको भन्दै उनले यसबाट पानीघट्टको संरक्षण हुनाका साथै पर्यटक प्रवर्द्धन गर्न सकिने धारणा राखे ।

ताचैकी योगमाया घलेले पनि घट्टमा पिसेको पिठोबाट बनेका खानेकुरा स्वादिलो हुने, बिरामी नहुने भएकाले आफूहरूले उपभोग गर्ने खाद्यान्न घट्टमा नै पिस्ने गरेको बताए । उनले पाहुनाले स्वाद मानी मानी खाएपछि सोध्ने गरेको र पोषकयुक्त रैथाने परिकार रुचाउने गरेका बताए ।

त्यस्तै चामेका युवा उद्यमी शेराप विष्ट आफ्नो होमस्टेमा आउने पाहुनालाई फापरको रोटी, गहुँको भक्रिन (एक प्रकारको डल्लो पारेर बनाइने तिब्बेतियन परिकार), चम्पा, बटर चिया, मौसम अनुसारका फलफूललगायत खानेकुराले स्वागत गर्ने गरेको बताए । उनले मनाङका रैथाने बालीबाट बनाइएका परिकार महँगो पर्ने हुनाले व्यवसायमा नाफा कम भए पनि पर्यटक खुसी हुने गरेको अनुभव सुनाए ।

विष्टले भने, “पर्यटकलाई घट्टमा पिसेको खानेकुरा खुवाएर मात्रै हुँदैन, यसबारेमा बुझाउन पनि सक्नुपर्छ ।” पर्यटकलाई यहाँ बन्ने परिकारका बारेमा जानकारीसहित विदेशी नागरिकले पानीघट्ट सञ्चालन भएको हेर्न रुचाउने गरेका उनकोे भनाइ छ । पछिल्लो समय यहाँका घरबासको आकर्षण पानीघट्ट बनेको छ ।

वि.सं.२०८१ साउन २३ बुधवार १२:३९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...