back
CTIZAN AD

गोकर्ण विष्टको बम्काइ : मलाई लाइब्रेरी विभाग दिँदा हुन्छ

वि.सं.२०८१ साउन २३ बुधवार

999 

shares

काठमाडौँ । नेकपा एमाले भित्र पदाधिकारी र कार्य विभाजनको विषयलाई लिएर विवाद चुलिएको छ । काठमाडौँमा बिहीबार  एमालेको सचिवालय बैठक बसेकाे थियो । एमालेले पक्षपातपूर्ण रूपमा व्यापक मात्रामा नेताहरूको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्टि बढेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली , महासचिव शङ्कर पोखरेल र उपमहासचिव विष्णु रिमालले तयार पारेको कार्य–विभाजनको लिस्ट प्रस्तावको रूपमा प्रस्तुत गरिएको थियो ।

सचिवालय बैठकले केही नेतालाई अवसरमाथि अवसर दिएको भन्दै ओली,  पोखरेल र रिमालबाहेक सबै नेता असन्तुष्ट छन् । गुटगत प्रभावमा नेताहरूको जिम्मेवारी ताेकेर सचिवालय बैठकमा प्रस्ताव प्रस्तुत गरेको महासचिव  पोखरेललाई नेताहरूले आरोप लगाएका छन् ।

सचिव गोकर्ण विष्टले नेतृत्वको कार्यशैलीलाई सहन गर्न नसकी भनेका छन्, ‘प्रदेशको इन्चार्जमा उपाध्यक्षहरूलाई लैजाऊँ । बाग्मतीमा सिनियर कमरेडलाई राखाैं। अरू सचिवलाई पनि भूगोलको जिम्मेवारी दिऊँ ।’

उनले कटाक्ष गर्दै आफूलाई लाइब्रेरी विभाग दिए पनि हुने प्रतिक्रिया दिए । विष्टले अगाडि भने, ‘मलाई त लुम्बिनी नदिने होला म बुझ्छु त्यति कुरा । ठिकै छ । नभए मलाई लाइब्रेरी विभाग दिए पनि हुन्छ ।’

स्रोतका अनुसार एमालेका तीन सय ५५ जना केन्द्रीय सदस्यहरूको कार्य–विभाजन भएको छ । सातै प्रदेशका इन्चार्जहरू परिवर्तन भएका छन् , भने ३२ वटा विभागका प्रमुख र २२ वटा जन–वगर्नीय संगठनको इन्चार्ज पनि हेरफेर भएका छन् ।

पोलिटब्युरो र केन्द्रीय सदस्यले आफ्नै भूगोलमा इन्चार्जको जिम्मेवारी पाएका छन् । तर, कार्य विभाजन न्यायसङ्गत र विधिसम्मत नभएको भन्दै पदाधिकारीमा चरम असन्तुष्टि पैदा भएको छ ।

वि.सं.२०८१ साउन २३ बुधवार १३:४७ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...