back
CTIZAN AD

काँग्रेस-एमालेसँग साँठगाँठ नगर्न माओवादीलाई चेतावनी

वि.सं.२०८१ साउन २४ बिहीवार

5.1K 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूले कुनैपनि बहाना नेपाली काँग्रेस र नेकपा एमालेसँग सहकार्य नगर्न उच्च तहका नेताहरूलाई सुझाएका छन् ।

विभिन्न कार्यक्रम तथा भेटघाटमा काँग्रेस-एमालेसँग मिलेर सरकारमा जाने अथवा चुनावी गठबन्धन सम्मका योजना बनाउन नहुने माओवादी भित्र आवाज उठ्न थालेको छ । उनीहरूले काँग्रेस-एमालेसँगको सहकार्यले कमजोर बनाएको भन्दै माओवादी एक्लै जनतामा जानुपर्नेमा जोड दिएका छन् ।

यसैबिच नेकपा माओवादी केन्द्र बिहादी गाउँपालिकाका अध्यक्ष ऋषिराम भुसालले फेसबुकमा एक स्ट्याटस लेख्दै काँग्रेसको केन्द्रीय समितिको बैठकले गरेको राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णयलाई एमालेले स्वागत गर्न सक्ने बताएका छन् । उनले काँग्रेसको यो निर्णयलाई मक्ख पर्दै स्वागत गरेमा माओवादी पतनको दिनगन्ती सुरु हुने बताएका छन् ।

उनले स्ट्याटसमा भनेका छन्, ‘खबरदार टुटफुट र विभाजन भएका माओवादीहरू आफ्ना गल्ती सच्याएर पार्टी एकतामा लाग्दै समाजवादी आन्दोलनको कार्यदिशा तयार गर । सुशासनको बाटोमा हिँड्न र माओवादीको एजेन्डामा अगाडि बढ्न जनता आतुर छन् ।’

भुसालले काङ्ग्रेस र एमालेले गर्ने भनेको संविधान संसाधनको विषय पत्याउन गाह्रो हुने भन्दै माओवादी सशक्त प्रतिपक्ष भएको बेला कार्यकारी राष्ट्रपतिको लागि माओवादीले संविधान संशोधनको प्रस्ताव दर्ता गर्न सुझाव दिएका छन् ।

‘काङ्ग्रेस, एमाले र माओवादी जुनसुकै दलको राष्ट्रपति भएपनि देशले स्थायित्व पाउँछ । लोकतन्त्रमा जित–हार स्वाभाविक हो । माओवादी सबै निर्वाचन एक्लै लड्न पर्ने थियाे । कार्यकर्ता जनताको घर-घरमा गएर गोलाकार भित्रको हँसिया हथौडालाई भोट माग्दा परिणाम राम्रो आउँथ्यो ।’ भुसालले स्ट्याटसमा थपेका छन्, ‘नेताहरूलाई थाहा छ माओवादीले आफ्नो चुनाव चिन्हमा भोट माग्न छोडेको करिब १० वर्ष भयो । अबपनि काङ्ग्रेस-एमालेसँग पछि लागेर फेरि धोका दिए काम गर्न दिएनन् भन्दै रोदन गर्ने हो भने माओवादीलाई राम भन्न सकिने तर काँध थाप्न सकिँदैन ।’

अध्यक्ष भुसालले केन्द्रीय स्तरका नेताहरूका कारण पार्टी कमजोर भएको संकेत गरेका छन् । पार्टीको भेला-सम्मेलनमा प्रमुख अतिथि बोलाउँदा उच्च स्तरका नेताहरू विभिन्न बहानामा तर्किने गरेको उनले स्ट्याटस मार्फत गुनासो गरेका छन् । उनले कार्यक्रममा आएका नेताहरुपनि कार्यकर्ताको गाली खाने डरले सुरुमै बोलेर कुलेलाम ठोक्ने गरेको आरोप लगाउँदै यस्तो परिपाटीले पार्टी दुर्घटनामा जाने जिकिर गरे ।

अध्यक्ष भुसालले स्ट्याटसमा फेरि थपेका छन्, ‘पार्टी बनाउन तीन महिना होइन निर्वाचनसम्म निरन्तर केन्द्रीय सदस्यलाई पालिकामा, प्रदेश सदस्यलाई वडामा र पालिका सदस्यलाई टोलमा जिम्मेवारी दिनुपर्छ । माओवादी नेतृत्वको सरकारले गरेका कामहरूको बुकलेट बनाएर तलसम्म प्रचार गर्नुपर्छ ।’

‘नेता कार्यकर्ता निरन्तर जनताको घरदैलो जानुपर्छ । नेता कार्यकर्तालाई उत्पादनसँग जोडिनु पर्छ । सरकारमा जान मरिहत्ते गर्नुहुँदैन । काङ्ग्रेस एमालेलाई सरकार चलाउन दिनुपर्छ । तब बल्ल जनताले माओवादीलाई जिताउने छ । एक्लै माओवादीको सरकार बन्ने वातावरण बन्ने छ । हिम्मत नहारी जनतामा उत्पादनसँग जोडिएर काम गर्दा जित माओवादी कै हुनेछ ।’ उनले लामो स्ट्याटस लेख्दै सुझाव दिएका छन् ।

वि.सं.२०८१ साउन २४ बिहीवार १८:४० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...