यम रेग्मी, दाङ
आफ्नै बासले च्याप्दा
म जस्तै अरु रोए
म हाँसी रहे ।
प्रियले छोड्दा
अरु शोक धुन बजाए ।
म हर्शोत्सव मनाए ।
मन गासेका साथीले मन काटे ।
अरु गुनासो गरे ।
म प्रशंसा गरे ।
शिरमाथि गल्याम्म सगरमाथा ढल्यो
अरु भयले चच्याङ्झैँ चिच्चाए ।
म बुद्ध बने ।
घामले सबलाई न्यानो दियो ।
मलाई आगो ।
पानीले सबैलाई शीतलता दियो ।
मलाई जाडो ।
हावाले सबैलाई छोएर गयो ।
छुट्टायो मलाई ।
चाड पर्वहरू सबैमा खुसीका किरण रोपेर गए ।
बेग्लाए मलाई ।
भो अरुको त कुरै छोडौ ।
आफ्नै दातले भतभती कुटिरहेछ ।
खुट्टाले टेर्दै टेर्दैन। हिड्न खोज्दा महा अल्छि गर्छन।
आँखाले एक्कासी घात गरे ।
कानले पनि बसाई सरे ।
जिब्रोले स्वाद लुकायो ।
सासले डेरा सर्छु भन्दै धम्की दिन्छ ।
जे जे थिए मेरा
सबै उल्टो काम गर्छन आजभोलि
तर कसैसँग केही गुनासो छैन मेरो ।
गुनासो छ त सिरिफ एउटैसँग छ
त्यो हो समय ।
वि.सं.२०८१ साउन २६ शनिवार ०८:२५ मा प्रकाशित






























