back
CTIZAN AD

कविता : गुनासो

वि.सं.२०८१ साउन २६ शनिवार

1.8K 

shares

यम रेग्मी, दाङ

आफ्नै बासले च्याप्दा
म जस्तै अरु रोए
म हाँसी रहे ।

प्रियले छोड्दा
अरु शोक धुन बजाए ।
म हर्शोत्सव मनाए ।

मन गासेका साथीले मन काटे ।
अरु गुनासो गरे ।
म प्रशंसा गरे ।

शिरमाथि गल्याम्म सगरमाथा ढल्यो
अरु भयले चच्याङ्झैँ चिच्चाए ।
म बुद्ध बने ।

घामले सबलाई न्यानो दियो ।
मलाई आगो ।
पानीले सबैलाई शीतलता दियो ।
मलाई जाडो ।
हावाले सबैलाई छोएर गयो ।
छुट्टायो मलाई ।
चाड पर्वहरू सबैमा खुसीका किरण रोपेर गए ।
बेग्लाए मलाई ।

भो अरुको त कुरै छोडौ ।

आफ्नै दातले भतभती कुटिरहेछ ।
खुट्टाले टेर्दै टेर्दैन। हिड्न खोज्दा महा अल्छि गर्छन।
आँखाले एक्कासी घात गरे ।
कानले पनि बसाई सरे ।
जिब्रोले स्वाद लुकायो ।
सासले डेरा सर्छु भन्दै धम्की दिन्छ ।
जे जे थिए मेरा
सबै उल्टो काम गर्छन आजभोलि
तर कसैसँग केही गुनासो छैन मेरो ।
गुनासो छ त सिरिफ एउटैसँग छ
त्यो हो समय ।

वि.सं.२०८१ साउन २६ शनिवार ०८:२५ मा प्रकाशित

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । झिल्का साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात...

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...