back
CTIZAN AD

सदरमुकाममा मोटरसाइकल चोरीका घटना वृद्धि

वि.सं.२०८१ साउन २९ मंगलवार

807 

shares

मन्थली (रामेछाप) । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीका घटनामा वृद्धि भएको छ । विगतमा मोटरसाइकल चोरी कहिलेकाहीँ मात्रै हुने गरेको यहाँ छ महिनाभित्र दुईवटा मोटरसाईकल हराउनुको साथै तीनवटा मोटरसाइकलको पार्टपूर्जा हराएको छ ।

यसअघि पटक-पटक मोटरसाइकल चोरी प्रहरीबाटै भएको तथ्य फेला परेपछि चोरी गर्ने प्रहरीलाई विभागीय कारबाहीको सिफारिश गरिएको छ । गत हप्ता पुनः मोटरसाइकलको पाटपुर्जा चोरी भएको र चोरीमा प्रहरीनै संलग्न भएको स्थानीयको आरोप छ ।

जिल्ला सदरमुकाम मन्थलीमा पार्किड गरिराखेको मोटरसाइकलको पाटपुर्जा रातीको समयमा चोरी भएको र चोरी गर्ने प्रहरी भएको भनि किटानी जाहेरी दिँदा प्रहरीले अनुसन्धान नगरेको स्थानीय नारायण बस्नेतले बताए ।

गत हप्ता भएको मोटरसाइकल चोरीमा प्रहरी संलग्न हुनसक्ने सिसीटिभीको फुटेजबाट अनुमान गरिएको स्थानीय बताउँछन् । गत असार २० गते राति मन्थली बचत तथा ऋण सहकारी संस्थाको मोटरसाइकल मन्थली बजारबाट चोरी भएकोमा हालसम्म फेला परेको छैन ।

यही साउनमा मात्रै मन्थली बजारको रेडक्रस लाइनमा पार्किङमा राखिएको बा७४ प ३१२ नम्बरको एफजेड मोटरसाइकलको दुई वटा पाटपुर्जा चोरी भएको थियो । पार्किङमै राखिएको बा प्रदेश-०२-०४४ प७५५० नम्बरको एफजेड भि-२ मोटरसाइकलको पनि राती पार्टपूर्जा हराएको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले प्रहरीले चोरीका घटना हुन नदिन मन्थली बजारमा विशेष निगरानी बढाएको बताए । उनले चोरीका घटना हुन नदिन रातको समयमा नियमित गस्ती बढाउनुको साथै मन्थली बजार क्षेत्रमा मदनआश्रित चोक क्षेत्र र बसपार्क, विमानस्थल हेर्ने गरी दुई वटा प्रहरी पोष्ट थप गरिएको जानकारी दिए ।

चोरी भएको मोटरसाइकल खोजी भइरहेको र फेला पार्न सिसिटिभी फुटेज हेरेर प्रयास गरिरहेको प्रहरीले जनाएको छ । गत साता मोटरसाइकलको पार्टपुर्जा चोरी भएको सम्बन्धी जाहेरी परेपछि सो सम्बन्धमा आवश्यक अनुसन्धान गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी रहेको पाइएपछि घटनामा संलग्न प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस भई पठाउने तयारी भइरहेको पनि प्रनाउ सिंहले बताए ।

वि.सं.२०८१ साउन २९ मंगलवार १५:३८ मा प्रकाशित

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...